१२ साउन २०८३, मंगलबार

फुङ्लिङ आगलागी पीडितलाई तत्काल राहत दिन कांग्रेसको माग

बैशाख २०, २०७७
फुङ्लिङ आगलागी पीडितलाई तत्काल राहत दिन कांग्रेसको माग

नेपाली कांग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
 
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार रातिदेखि शुरु भएको आगलागी शनिबार बिहान नियन्त्रणमा आउँदासम्म सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो। कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरे। साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरे।
 

salt training

कमेन्ट गर्नुहोस्