०८ साउन २०८३, शुक्रबार

सरकारले मासु र पशुपन्छीबारे भ्रम फैलाएको भेटेरिनरी एशोसिएसनको आरोप

बैशाख २२, २०७७
सरकारले मासु र पशुपन्छीबारे भ्रम फैलाएको भेटेरिनरी एशोसिएसनको आरोप
फाइल फोटो।

नेपाल भेटेरिनरी एशोसिएसनले कोरोना भाइरससँग सम्बन्धित जनचेतनामूलक सन्देशमा घरपालुवा पशुपछीको असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खानुजस्ता स्पष्ट नभएका सन्देशप्रति ध्यानाकर्षण जनाएको छ। 

एशोसिएशनका डा शितलकाजी श्रेष्ठले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पोषण सुरक्षाका लागि महत्वपूर्ण मानिएको मासु र अण्डाको उपयोगमा प्रतिकूल प्रभाव पार्ने भएकाले विश्व स्वास्थ्य सङ्गठन र विश्व पशु स्वास्थ सङ्गठनको पुष्टि गरेकोभन्दा फरक तरिकाले सन्देश प्रभाव नगर्ने भनिएको छ। विश्वभरि नै फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै मिलेर सचेत रहनुपर्ने तर गलत कुराको प्रचार नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्