×

NMB BANK
NIC ASIA

पति विदेशमा पसिना बगाउँदै, पत्नी परपुरुषसँग अँगालोमा बेरिएर आत्महत्या !

बैशाख २५, २०७७

NTC
Premier Steels

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ मोतिपुरकी लक्ष्मी कुँवर क्षेत्रीको ढोकामा बिहान साढे ४ बजे ढकढक आवाज बज्यो । बिहानै ढोकामा ढकढक भएपछि क्षेत्रीले सोधिन्, ‘को हो हँ ?’

Muktinath Bank

ढोका नखोल्दै जवाफ आयो, ‘दिदी म गीता हो । ढोका खोल्नुहोस् न छिटो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उज्यालो नहुँदै बिहान ढोका खोल्दा बहिनी गीताले छोरा समातेर ढोका नजिकै उभिएको देखेर उनी छक्क परिन् । उनले सोधिन्, ‘किन यति बिहानै आएकी ?’ ‘दिदी म एकैछिनमा आउँछु है’ भनेर छोरोलाई घरभित्र धकेलेर गीता दौडिएर गइन् । ‘कहाँ गएकी होला ?’ लक्ष्मीले खुट्याउन सकिनन् ।


Advertisment
Nabil box
Kumari

एकछिनपछि गीताले परपुरुषसँग डोरीमा झुण्डिएर आत्महत्या गरेको खबर गाउँभर फैलियो । नजिकैको नहरमा रहेको सिसौको रुखमा गीता र एक जना पुरुष एउटै डोरीमा पाँसो लगाएर झुण्डिएका गाउँलेले देखे । लक्ष्मीलाई शुरूमा त विश्वास लागेन । 

Vianet communication

उनी घटनास्थलमा पुग्दा बहिनी गीता डोरीमा झुण्डिएको आफ्नै आँखाले देखिन् । लक्ष्मीलाई सम्हालिन गाह्रो भयो । जसरी–तसरी घर आइन् । घरमा आउँदा गीताका ५ वर्षीय छोराले सोधे, ‘ठूलीमम्मी मम्मी कतिखेर आउनुहुन्छ ?’ उनीसँग सहज जवाफ थिएन ।

बुटवल उपमहागरपालिका–१९ मोतिपुर पत्थरगञ्जमा एउटै डोरीमा झुण्डिएर २ जनाले आत्महत्या गरेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । आत्महत्या गर्ने दुवै विवाहित हुन् ।

झण्डै ८ महिनाअघि लक्ष्मीकी बहिनी गीता खड्का क्षेत्रीलाई उनका पतिले डेरामा राखेर विदेश गएका थिए । दिदीको घरनजिकै छोरालाई पढाउन सजिलो होला भनेर गुल्मीको मदाने गाउँपालिका–५ बाट डेरामा राखेर गीताका पति वैदेशिक रोजगारीका लागि मलेसिया गए ।

गीतालाई पतिले समय–समयमा पैसा पनि पठाइदिन्थे तर बुटवल झरेको १ वर्ष नहुँदै बुटवलका विभिन्न उद्योगमा काम गर्ने उदयपुर चौदण्डीका हिरा श्रेष्ठसँग गीताको हिमचिम बढ्यो । ४ महिना अघिदेखि बहिनी गीता परपुरुषसँग बोल्ने गरेको थाहा पाएपछि लक्ष्मीले सम्झाउन खोजिन् । बारम्बार सम्झाउन खोज्दा गीताले ‘तपाईंलाई के चाहियो, बोल्न पनि नपाउने’ भनेर उल्टै थर्काएको लक्ष्मीले बताइन् ।

लोकान्तरसँगको कुराकानीमा लक्ष्मीले रुँदै भनिन्, ‘ज्वाइँले त्यसलाई जति पनि पैसा पठाइदिन्थे । बुटवल झरेको १ वर्ष नहुँदै आफू पनि गई परिवार र छोराको बिचल्ली पारी । मेरो घर नजिकै ल्याएर राखेपछि दिदीले रेखदेख गर्नुहुन्छ भनेर छाडेर मलेसिया गएका सोझा ज्वाइँ राजालाई मैले अब के जवाफ दिउँ ?’

एउटै डोरीमा पासो लगाउने गीता र हिरा दुवै विवाहित हुन् । हिराको पनि उदयपुर घरमा छोरा छ । हिरा विगत केही वर्षयता मोतिपुरमै कोठा लिएर भाडामा बस्थे । दुवैको नजिक–नजिकै कोठा थियो ।

भेटघाट बढेपछि दुवैबीच माया बस्यो । न हिराले घरको छोरा र पत्नी सम्झे, न गीताले विदेशमा रहेका पति र घरको छोरालाई सम्झिन् । विदेशमा दिनरात नभनी पसिना बगाउने पतिलाई बिर्सेर गीताले क्षणिक माया सम्झिइन् ।

गीताका पति गत चैत २० गते घर आउन टिकट लिइसकेका थिए । कोरोनाको महामारीले गर्दा विश्वभर आवागमन रोकिएपछि उनी स्वदेश फर्किन पाएनन् । उनी नआउँदै पत्नीले परपुरुषको अँगालोमा बेरिएर संसार छाडिन् । गीता २३ वर्ष पुगेकी थिएन भने हिरा ३० वर्षका थिए । 

बुधवार दुवै जनाको पोस्टमार्टमपछि बुटवल नजिकै मगरघाटमा दाहसस्कार गरिँदैछ । इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी भीमलाल भट्टराईले प्रेम सम्बन्धमा परेपछि आत्महत्या गरेको हुनसक्ने सोधखोज र प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘समाजमा यस्ता घिनलाग्दा घटना बढेका छन् । श्रीमान विदेशमा श्रीमती अर्कैसँग सम्बन्ध राखेर आत्महत्यासम्म गर्नु समाज नराम्रोमा बाटोमा गएको देखिन्छ,’ उनले भने ।

परिवारको सुखका लागि नेपाली युवा विदेश जाने तर घरको बिचल्ली हुने घटना बढ्दै गएको देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x