विश्व यतिबेला कोरोना भाइरसको महामारीमा छ। यस्तो बेलामा जो कोहीलाई पनि सहयोगी हात र सहयोगी मनहरुको जरुरत पर्न सक्छ। यसैलाई मध्येनजर गर्दै दी नेपाल डिष्टिलरीजले सामाजिक पहलअन्तर्गत एउटा अवधारणा अगाडि सारेको छ।
यो योजना अनुसार सहयोगीहरूले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्विर वा भिडियो, जानकारीसहित आफ्नो फेसबुकमा #thenewbrave लेखी शेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ। यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिजले आफ्नो तर्फबाट हरेक पोष्ट बराबर १ हजारका दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेकालाई खाद्यान्न तथा औषधिजन्य सामग्री उपलब्ध गराउने विज्ञप्तिमार्फत् जनाइएको छ।
यो योजनामा सहभागी भइ फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको शुरुवातबाट लाभ लिन सक्ने जनाइएको छ। यो योजना अनुरुप जतिधेरै मानिसले फोटो वा भिडियो पोष्ट गर्यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरीजका तर्फबाट जम्मा हुन जान्छ। जुन रकम वास्तविक रुपमा खाँचोमा परेकाले प्राप्त गर्ने जनाइएको छ।