
भारतबाट नेपाल आउने क्रममा बाटोमै मृत्यु भएका युवामा कोरोनाभाइरस कोभिड– १९ पुष्टि भएको छ ।
यही जेठ १० गते मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवार दिएका छन् ।
नेपाल प्रवेश गरेसँगै उनको स्याम्पल लिइएको थियो । मृत्यु भएको ५ दिनपछि रिपोर्ट पोजेटिभ आएको हो ।
मृतक भारतको गुजरातबाट रोजगारी गरी नेपाल फर्किएका थिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीकाअनुसार मृतकको सम्पर्कमा आएका अन्य ९ जनाको पनि स्वाब परीक्षण गरिँदैछ ।
उनीहरूको रिपोर्ट आउन बाँकी छ ।
मृतकको शव अर्घाखाँची नै लगेर दाहसंस्कार गरिएको थियो ।