
नेपाल चेम्वर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरविजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ सङ्क्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानिय रहेको चेम्वर अफ कमर्सले विज्ञप्तिमार्फत जनाएको छ।
सरकारको यी निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय माक्स र सेनिटाइजर उचित प्रयोग र सामाजिक दूरी कायम गर्दै जानुपर्ने विज्ञप्तीमा भनिएको छ।
सरकारले उपत्यकालाई सिल गरेकामा यसलाई निरन्तरता दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ। रातको समयमा उपत्यका बाहिरबाट व्यक्तिहरु उपत्यका भित्रिने गरेकामा त्यसलाई रोक्नुपर्ने बताइएको छ। सरकारले कर तिर्ने समयलाई बढाएर सहुलियत दिनेमा पनि संस्थाले विश्वास व्यक्त गरेको छ।