०७ साउन २०८३, बिहीबार

सिद्धबाबाबाट ट्याक्सी तिनाउमा खस्यो

जेठ ३०, २०७७
सिद्धबाबाबाट ट्याक्सी तिनाउमा खस्यो

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा मन्दिरनजिकै ट्याक्सी दुर्घटनामा परेको छ ।

बुटवलबाट पाल्ला जाँदै गरेको लु १ ज ४०९३ नम्बरको ट्याक्सी सडकबाट सय मिटर तल तिनाउ नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चालक गुल्मीका ओमप्रकाश अर्याल गम्भीर घाइते भएका छन् ।

उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घटनाको अन्य विवरण आउन बाँकी छ । 

कमेन्ट गर्नुहोस्