०५ साउन २०८३, मंगलबार

दुर्घटनामा परेर मणिपाल अस्पतालमा भर्ना भएका बिरामीमा कोभिड- १९ पुष्टि

जेठ ३०, २०७७
दुर्घटनामा परेर मणिपाल अस्पतालमा भर्ना भएका बिरामीमा कोभिड- १९ पुष्टि

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएको छ ।

दुर्घटनामा परी उपचारका लागि भर्ना गरिएका पर्वतका ३५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको न्यूरो आईसीयू बार्ड नै बन्द गरिने भएको छ ।

२२ जेठमा सडक दुर्घटनामा परेका ती व्यक्तिलाई उपचारका लागि मणिपाल ल्याइएकोमा २५ गते भएको स्वाब संकलनमा पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रीय स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

यता, मणिपाल शिक्षण अस्पतालले न्यूरो आईसीयू बार्ड बन्द गर्ने जनाएको छ । अस्पतालमा कार्यरत डाक्टरसहित १२ जना अस्पतालकै क्वारेन्टीनमा बस्ने जनाइएको छ । 

कोरोना संक्रमित बिरामीलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन बार्डमा लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्