१२ साउन २०८३, मंगलबार

टोखालाई चिनाउन स्थानीय पाठ्यक्रम निर्माण

असार ९, २०७७
टोखालाई चिनाउन स्थानीय पाठ्यक्रम निर्माण

टोखा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले नगरपालिकाभित्रका बालबालिकालाई टोखाबारे चिनाउनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको हो। 

नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समिति स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको हो। नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाका बालबालिकालाई टोखाबारे चिनाउन ५० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको जानकारी दिइन्। 

स्थानीय पाठ्यक्रमभित्र टोखाको चिनारी, यहाँको जीवनशैली र संस्कार, परम्परागत ज्ञान, सीप र प्रविधि समेटिने छ । समितिले किताब लेखनको कार्यसमेत अगाडि बढाएको शिक्षा शाखा प्रमुख गौतमले बताए। पाठ्यक्रम निर्माणका लागि टोखाले आर्थिक वर्ष २०७६/७७ मा दुई लाख रकम विनियोजन गरेको थियो।

यस्तै टोखाले बन्दाबन्दीको समयमा टोखाका बालबालिकालाई शिक्षा प्रदान गर्न ‘रेडियो पाठशाला’ सञ्चालन गरेको छ। रेडियोमार्फत टोखाका बालबालिकालाई शिक्षा प्रदान गर्न यही असार १ गतेदेखि टोखा–१ फूलबारीमा रहेको हरपल एफएमबाट रेडियो पाठशाला सञ्चालन गरेको हो। 

टोखाले कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर बिहान ७ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म रेडियोमार्फत कक्षा सञ्चालन गर्दै आएको छ । टोखामा आठ सामुदायिक, ८४ संस्थागत र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्