×

NMB BANK
NIC ASIA

गण्डकीमा ह्वात्तै बढ्यो कोरोना, एकै महिनामा ५ जनाबाट ७२९ पुगे संक्रमित

असार १०, २०७७

NTC
Premier Steels

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ महिनाको अवधिमा ह्वात्तै बढेको छ ।

Muktinath Bank

गत जेठ १० गतेसम्म प्रदेशमा संक्रमितको संख्या मात्र ५ रहेकोमा हाल सो संख्या ह्वात्तै बढेर ७२९ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकीमा बुधवार मात्रै थप ३२ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ७२९ पुगेको छ ।
 
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रवक्ता डा. विनोदविन्दु शर्माले बुधवार बिहान विज्ञप्ति जारी गरी प्रदेशका विभिन्न ८ जिल्लामा गरी थप ३२ जनामा कोरोना संक्रमण देखिएको जनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

जसमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाका ४ जना, बेशीशहर नगरपालिकाका १ जना छन् । मध्यनेपालका वर्ष २१, २२, २४ र ३७ का पुरुष हुन् भने वेशीशहरकी ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । पर्वत सदरमुकाम कुष्माकी २४ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
 
स्याङ्जामा थप ७ जनामा कोरोना पुष्टि हुँदा कास्कीका ५ जनामा कोरोना देखियो । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ वर्षीय बालक कोरोना संक्रमित हुन पुगेका छन् । 

Vianet communication

स्याङ्जाकै आँधीखोला गाउँपालिकाका ६५ वर्षीय पुरुष र वालिङ नगरपालिकाका थप ५ जनामा कोरोना देखिएको छ । वालिङका ३० महिने बालिकासहित २४ वर्षीया महिला कोरोना संक्रमित भएकी छन् भने वर्ष २४, ४० र ४५ का पुरुषमा पनि कोरोना देखियो । 

कास्कीमा थप ३ जनामा कोरोना देखिएको छ । जसमा पोखरा घर भएका २५ वर्षीय पुरुष र मादी गाउँपालिकाका वर्ष ४० की महिला र वर्ष ४१ का पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरामा मंगलवार मात्रै ७ जनामा कोरोना देखिएको थियो । 

गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ४२ वर्षीय पुरुष संक्रमित हुँदा बरेङ गाउँपालिकाका ८ जना अन्य पुरुष पनि संक्रमित भएका छन् । उनीहरूको उमेर समूह वर्ष २० देखि ६० सम्म छ । तीमध्ये वर्ष २० का २ जना छन् । यस्तै वर्ष १९, ३३, ३५, ३७, ४० र ६०  का पुरुष छन् । 

प्रदेशमा उच्च जोखिम रहेको बागलुङको जैमिनी गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि हुँदा तनहुँको देवघाट गाउँपालिकाका २३ वर्षीय पुरुष पनि कोरोना संक्रमित हुन पुगेका हुन् । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३ जना महिलामा कोरोना देखिएको छ । उनीहरुको उमेर वर्ष ३३, ५१ र ५६ छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पुष्टि भएका ३२ मध्ये तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का संक्रमितको नमुना परीक्षण भरतपुर अस्पताल चितवनमा गरिएकोमा अन्य सबैको प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको हो । 

यसअघि गण्डकी प्रदेशमा मंगलवार राति मात्रै १०४ जनामा कोरोना देखिएको विवरण सार्वजनिक भएको थियो । प्रदेशका ११ वटै जिल्लामा कोरोना फैलिएको छ । कोरोना संक्रमितमध्ये अधिकांश भारतबाट फर्केका नेपाली नागरिक हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x