×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिनमा नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने भन्दै कुरा उठेको छ ।

Muktinath Bank

शुक्रवार बिहान करीब ११ बजेबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेपाल-भारत बीचको सीमालाई अलि कडाइका साथ मोनिटरिङ गर्नुपर्ने आवाज उठाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा मात्र होइन ८०/८२ ठाउँमा भारतबाट अतिक्रमण भएका छन् । लिपुलेकको मुद्दाले नै हामीलाई समग्र समस्या प्याकेजमा हल गर्ने अवसर दिएको छ । दुई सार्वभौम मुलुकका बीच सीमा खुला खासै हुँदैन । युरोपियन मुलुकहरूमा पनि अहिले सीमामा नियन्त्रण र कडाइ छ । बाहिरबाट हेर्दा खुलै देखिन्छ तर उनीहरूको मोनिटरिङ राम्रो छ । हामीले पनि त्यस्तै गर्नुपर्यो भनेर मैले कुरा उठाएको छु,’ पोखरेलले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

उनले भारतबाट अतिक्रमित क्षेत्र नक्सामा समेट्नु राजनीतिक रूपले ठूलो काम भएपनि व्यवहारमा कार्यान्वयन गर्न त भारतीय सेना हट्नुपर्ने धारणा राखे ।

Vianet communication

सार्वभौमसत्ता सम्पन्न देशहरूबीच खुला सीमा हुनु हुँदैन

‘सीमामा यस्तो खुला हुनु हुँदैन । यही बेला हो सीमा रेगुलेसन गर्ने । अहिले रेगुलेसन शुरुवात गर्ने र स्थानीय स्तरमै तारबार लगाउन थालेका छन्,’ उनले भने ।

उनले बैठकमा आफूले नेपाल-भारतबीचको सीमा विवाद क्षेत्रीय समस्या पनि रहेको बताए ।  

‘यो समस्या क्षेत्रीय समस्या पनि हो भन्ने कुरा उठेको थियो । यो त्यति सजिलोसँग समाधान त नहोला तर हामीले चीनसँग पनि निर्क्योल गर्नुपर्छ । त्रीपक्षीय वार्ता गर्नुपर्छ,’ उनले भने ।

पोखरेलले सन् २०१५ मा भारत र चीनबीचको संयुक्त वक्तव्यको २८ नम्बर बुँदामा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषय रहेको र त्यसका बारेमा चीनको धारणा पनि माग गर्नुपर्ने दिशातर्फ सरकारले कदम चाल्नुपर्ने आफूले बैठकमा राखेको लोकान्तरलाई बताए ।

‘बीओपीलाई पनि बोर्डर सेक्युरिटी फोर्सका रूपमा अगाडि बढाउनुपर्छ र सीमामा रहेका जनतालाई पनि स्पेसल राहत या प्याकेज दिने गरी अघि बढ्नुपर्छ,’ पोखरेलले बैठकमा भनेका थिए ।

सीमा विवाद होइन, भारतको तर्फबाट गरिएको एकतर्फी अतिक्रमण हो !

बैठकमा बोल्दै अर्का स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद नभएर भारतीय अतिक्रमण भएको भन्दै आफ्ना कुराहरू राखेका थिए ।

‘अतिक्रमित नेपाली भू-भागबाट भारतीय सेना फिर्ता लैजानका लागि कूटनीतिक वार्ताकै माध्यमबाट पहल गर्नुपर्छ भन्ने विषयमा मैले जोड दिएँ,’ बिष्टले लोकान्तरसँग भने ।

उनले यसका लागि राष्ट्रिय एकतालाई कायमै राखिरहनुपर्नेमा पनि जोड दिएका थिए । ‘एकता जति बलियो भयो त्यति संवादमा बलियो हुन्छौं,’ उनले भने । बैठकमा बोल्ने १८ स्थायी कमिटी सदस्यहरूले वार्ता नै अन्तिम विकल्प भएकाले भारतसँग वार्ताको पहल गरिरहनुपर्ने कुरा उठाएको बिष्टले बताए ।  

३ पटक प्रयास गर्दा पनि भारतसँग वार्ता हुन सकेन

बैठकको शुरुमै सरकारका तर्फबाट धारणा राखेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानबारे ब्रिफिङ गरेका थिए । 

मन्त्री ज्ञवालीले गत नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका हुन् । उनले भारतसँग नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि पहल गरेपनि भारतले चासो नदेखाएको बैठकलाई जानकारी गराएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

भारतले नयाँ नक्सा प्रकाशित गरेलगत्तै कूटनीतिक नोट पठाएर विरोध जनाएको मन्त्री ज्ञवालीले बताए । बैठकमा सदस्यहरूले कालापानी लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेकोमा समर्थन जनाएका थिए । 

शुक्रवारको बैठकमा बोल्ने १८ जना स्थायी कमिटी सदस्यहरूले नयाँ नक्सामा समेटिएको नेपाली भूमिमा भोगचलन गर्नका लागि सरकारले कूटनीतिक पहललाई तीब्र बनाउनु पर्ने बताएका थिए । 

ओली अनुपस्थित !

शुक्रवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली अर्को मिटिङमा व्यस्त भएकाले आउन नसकेको जानकारी गराउँदै बैठकमा भएको छलफल सुन्ने व्यवस्था भएको बताएका थिए । 

बैठकबाट केहीबेरका लागि बाहिर निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री अर्को बैठकमा व्यस्त भएकाले आवश्यकता पर्दा बैठकमा उपस्थित हुने बताए । ‘उहाँ बालुवाटारमै हुनुहुन्छ, आवश्यक पर्दा उपस्थित हुनुहुन्छ,’ भट्टराईले भने । 

स्थायी कमिटी बैठकमा प्रत्येक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x