×

NMB BANK
NIC ASIA

विपद्बाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

Muktinath Bank

केही दिनयता परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको बेला कैलालीमा प्राकृतिक विपद्बाट जोगिन उच्च सतर्कता अपनाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले शनिवार कैलालीका विभिन्न स्थानीय तहका प्रमुुख तथा प्रतिनिधिहरूसंग छलफल गर्दै विपद् व्यवस्थापनको लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सतर्कताको लागि विपद् व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बैठकबाट विपद् प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको जनाएको छ ।

Vianet communication

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विपद् प्रतिकार्यका लागि विभिन्न कलस्टर बनाएर जिम्मेवारी बाँडफाँड गरिएको बताउँदै जिल्लाका ३ वटै सुरक्षा निकायलाई ‘हाई–अलर्ट’ बस्न निर्देशन दिइएको जानकारी दिए ।

प्राकृतिक विपद्मा परेकाहरूको उद्धार तथा राहतका कार्यक्रमका लागि पनि पूर्व तयारी गरिएको प्रजिअ बोहराले बताए । जिल्लाका स्थानीय तहलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्व तयारी गर्न, नदी कटान एवंम डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा राख्न सहयोगका समेत अनुरोध गरिएको उनले बताए ।

कैलालीमा भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका क्षेत्रस्थित कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी नजिकमा पर्ने बस्तीहरू नदी कटान एवं डुबानको जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिँदै आएकाले बहाव बढेपछि सर्तकता अपनाउन अपिल गरिँदै आएको छ तर अहिले भने सबै जसो नदीमा पानीको बहाव सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए तर जिल्लाको भजनी नगरपालिकाका केही क्षेत्र केही दिनअघिको बाढीले डुबानमा परेको थियो । सो क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x