१३ असार २०८३, शनिबार

अख्तियारको २ दिनको प्रयासपछि ८५ हजार घुससहित नासु रङ्गेहात पक्राउ

असार ३०, २०७७
अख्तियारको २ दिनको प्रयासपछि ८५ हजार घुससहित नासु रङ्गेहात पक्राउ

कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले पक्राउ गरेको छ ।

आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार नासुु जोशीलाई मंगलवार बिहानै स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो ।

नासु जोशीले सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएका थिए । सो घुस रकम अख्तियारको टोलीले सोमवार नै बरामद गरेको थियो तर उनी भागेपछि अख्तियारको टोलीले उनलाई सोमवार पक्राउ गर्न सकेको थिएन तर मंगलवार विहानै पक्राउ गर्न सफल भएको अख्तियारका सूचना अधिकारी बिष्टले जानकारी दिए ।

थप अनुसन्धानको लागि उनलाई काठमाडौं पठाइने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्