०८ साउन २०८३, शुक्रबार

बाढीपहिराे प्रभावितलाई राहतको व्यवस्था मिलाउन किसान संघकाे माग

असार ३०, २०७७
बाढीपहिराे प्रभावितलाई राहतको व्यवस्था मिलाउन किसान संघकाे माग

नेपाल किसान संघले मुलुकभर बाढीपहिराेबाट प्रभावितलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

केही दिन देखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिराेका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन् । 
 
सङ्घका सभापति भानुभक्त सिग्देलले मंगलबार एक विज्ञप्तिमार्फत यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावितलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

उनले यस्तो विपत्को घडीमा सङ्घ सम्पूर्ण सदस्यहरुलाई उद्धार कार्यमा सक्रियताका साथ सरिक हुन पनि निर्देशनसमेत गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्