१० साउन २०८३, आइतबार

उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द

साउन ७, २०७७
उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द
प्रतिकार्यात्मक तस्वीर।

सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिराले विद्युत्का पोल बगाएपछि सोमबार साँझदेखि उत्तरी म्याग्दीका दर्जन बढी गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ। 

कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् आपूर्तिमा क्षति पुगेपछि बेनी नगरपालिका–९ गलेश्वरसहित रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकाका दर्जनौँ गाउँमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् आपूर्तिमा असर गरेको स्थानको पहिचान भएकाले मर्मतकार्य शुरु गरिएको केन्द्रले जनाएको छ। 

तातोपानी जलविद्युत् केन्द्रको टेलरेसलगायत १०० केभीको ट्रान्सर्फमर बगाएको छ । बिजुली वितरणको पोल बगाएसँगै विद्युत् उत्पादन र वितरण सबै सेवा बन्द भएको छ।

पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । निरन्तर वर्षाका कारण सबै बिजुली वितरणको काम ठप्प भएको तातोपानी वितरण केन्द्रले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्