०८ साउन २०८३, शुक्रबार

पहिरोमा एक बेपत्ता, दुई घाइते

साउन १४, २०७७
पहिरोमा एक बेपत्ता, दुई घाइते
फाइल फोटो।

लगातारको अविरल वर्षाका कारण आज दिउँसो साँफे मार्तडी राजमार्ग सडकमा पर्ने अम्कोटको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

बेपत्ता हुनेमा बूढीगङ्गा नगरपालिका–१ अम्कोटका स्थानीय २२ वर्षीय धर्मराज तिमिल्सेना रहेका छन्। सोही गाउँका १७ वर्षीया ज्ञानु पाध्याय र १४ वर्षीय हरेन्द्र पाध्याय पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए।

बेपत्ता भएका तिमिल्सेनाको खोजीकार्य भइरहेको छ। घाइतेमध्ये ज्ञानु पाध्यायको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता रोकायाले बताए। घाइतेको उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लैजाने तयारी भइरहेको छ । गाई बाख्रा चराउन वनमा गएका तीनै जना पहिरोमा परी बेपत्ता र घाइते भएको प्रहरी प्रवक्ता रोकायाले बताए। 

बेपत्ता भएका तिमिल्सेनाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएर खोजीकार्य गरिरहेको प्रवक्ता रोकायाको भनाइ छ। 

salt training

कमेन्ट गर्नुहोस्