०२ असार २०८३, मंगलबार

कोरोना संक्रमण भएको थाहा भएपछि दुई जना फरार, अझै सम्पर्कमा आएनन्

साउन १८, २०७७
कोरोना संक्रमण भएको थाहा भएपछि दुई जना फरार, अझै सम्पर्कमा आएनन्
प्रतिकार्यात्मक तस्वीर।

आफू कोरोना भाइरस संक्रमित भएको थाहा पाएपछि बुटवलबाट सम्पर्कविहीन भएका दुई जना व्यक्ति अझै सम्पर्कमा आएका छैनन्।

कोरोना संक्रमण आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै गएर शुल्क तिरेर स्वाब परीक्षण गराएका उनीहरू शनिवारदेखि सम्पर्कविहीन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंहले बताए। उनीहरू बुटवलको हाटबजारमा दालमोट र मसालाको व्यापार गर्थे। 

अस्पतालले स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएपछि स्वास्थ्य कार्यालयमा जानकारी गराएको थियो। स्वाब परीक्षणको लागि अस्पतालमा आएका उनीहरूले बुटवल– ५ मा आफ्नो ठेगाना लेखाएको उपमहानगरले जनाएको छ।

कोरोना पोजेटिभ भएको थाहा पाएपछि सम्पर्कविहीन भएका उनीहरुको खोजी भइरहेको प्रमुख सिंहले बताए। 

आइतबार बुटवलमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बारा जिल्लाबाट बुटवल आएर गार्मेट उद्योगमा काम गर्न जानुअघि पीसीआर परीक्षण गराउन लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका उनको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार बाराबाट आएका उनका बाबु भारतबाट आएको र बाबुबाटै छोरामा संक्रमण भएको हुनसक्ने बताए। उनी बुटवल आएलगत्तै अस्पतालमा गएर परीक्षण गरेका थिए। स्वाब दिएपछि उनी होम क्वारेन्टिनमा बसेको बताइएको छ।

यसैबिच कोरोना संक्रमित व्यक्तिसँगै बसेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी क्वारेन्टीनमा बसेका छन्। यसैसाता नगर विकास कोषको काठमाडौंमा सम्पन्न कार्यक्रममा सँगै रहेका वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भएपछि सुवेदी पनि क्वारेन्टिनमा बसेका हुन्।

नगरविकास कोषको बैठकमा सुवेदीसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा पनि सहभागि भएका थिए । काठमाडौंबाट फर्किएपछि सुवेदी र शर्मा दुवै चारदिन देखिहोम क्वारेन्टिनमा बसेका हुन ।

salt training

कमेन्ट गर्नुहोस्