मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफू कोरोना भाइरस संक्रमित भएको थाहा पाएपछि बुटवलबाट सम्पर्कविहीन भएका दुई जना व्यक्ति अझै सम्पर्कमा आएका छैनन्।
कोरोना संक्रमण आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै गएर शुल्क तिरेर स्वाब परीक्षण गराएका उनीहरू शनिवारदेखि सम्पर्कविहीन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंहले बताए। उनीहरू बुटवलको हाटबजारमा दालमोट र मसालाको व्यापार गर्थे।
अस्पतालले स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएपछि स्वास्थ्य कार्यालयमा जानकारी गराएको थियो। स्वाब परीक्षणको लागि अस्पतालमा आएका उनीहरूले बुटवल– ५ मा आफ्नो ठेगाना लेखाएको उपमहानगरले जनाएको छ।
कोरोना पोजेटिभ भएको थाहा पाएपछि सम्पर्कविहीन भएका उनीहरुको खोजी भइरहेको प्रमुख सिंहले बताए।
आइतबार बुटवलमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बारा जिल्लाबाट बुटवल आएर गार्मेट उद्योगमा काम गर्न जानुअघि पीसीआर परीक्षण गराउन लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका उनको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार बाराबाट आएका उनका बाबु भारतबाट आएको र बाबुबाटै छोरामा संक्रमण भएको हुनसक्ने बताए। उनी बुटवल आएलगत्तै अस्पतालमा गएर परीक्षण गरेका थिए। स्वाब दिएपछि उनी होम क्वारेन्टिनमा बसेको बताइएको छ।
यसैबिच कोरोना संक्रमित व्यक्तिसँगै बसेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी क्वारेन्टीनमा बसेका छन्। यसैसाता नगर विकास कोषको काठमाडौंमा सम्पन्न कार्यक्रममा सँगै रहेका वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भएपछि सुवेदी पनि क्वारेन्टिनमा बसेका हुन्।
नगरविकास कोषको बैठकमा सुवेदीसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा पनि सहभागि भएका थिए । काठमाडौंबाट फर्किएपछि सुवेदी र शर्मा दुवै चारदिन देखिहोम क्वारेन्टिनमा बसेका हुन ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...