०८ असार २०८३, सोमबार

कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरपालिका सिल

साउन २३, २०७७
कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरपालिका सिल

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शुक्रबारदेखि सिल गरिएको छ ।

जिल्ला सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नं. १८ का एक जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्मका लागि नगरपालिका सिल गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताए । 

सिल गरिएको समय अवधिभर कार्यालय पूर्णरूपमा बन्द रहने छ । त्यसै गरि सुनवल नगरपालिकामा ७७ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

अन्य स्थानीय तहमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्