×

NMB BANK
NIC ASIA

निकास नहुँदा प्रदेशसभा क्षेत्र नै जलमग्न, धनगढीका ठाउँठाउँमा डुबान

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अविरल वर्षाले सोमवार सुदूरपश्चिम प्रदेशसभा भवन रहेको क्षेत्र जलमग्न भएको छ तर सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी जलमग्न हुनु नौलो होइन ।

Muktinath Bank

हिउँदको सामान्य झरीले पनि जलमग्न हुन्छ धनगढी तर प्रदेश सरकार र स्थानीय सरकारले समस्याको समाधान अझै निकालेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोलानाला अतिक्रमण, पानी निकासको उचित व्यवस्थापन नहुँदा धनगढी बजार डुबानमा पर्दै आएको हो । रातभरिको वर्षातले सोमवार धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।


Advertisment
Nabil box
Kumari

धनगढीमा सबैभन्दा बढी एलएन चोक, पार्क चोक तथा प्रदेशसभा आसपास, विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरी, धनगढी गाउँ, शिवनगर लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । वडा नम्बर ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् । 

Vianet communication
Laxmi Bank

पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको धनगढी उपमहानगरपालिका–७ का शारदा रानाले बताए ।

वर्षाले स्थानीयका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । धनगढीमा निर्माणाधीन अवस्थामा रहेको ६ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण डुबानको समस्या निम्तिएको धनगढी उपमहानगरपालिका–७ का मोहन कोराल बताउँछन् ।

सघन शहरी विकास आयोजना अन्तर्गत सडक निर्माण हुँदा उचित ढल निकासको व्यवस्थापन नगरिँदा डुबानको समस्या बिकराल बन्दै आएको कोरालको भनाइ छ ।

उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबान समस्या बर्सेनि दोहोरिने गरेको छ । धनगढीको कैलाली नाला, सुकुटी नाला सबैभन्दा अतिक्रमणको चपेटामा परेका छन् । जुनकारण जुनसुकै मौसममा आउने केही क्षणको झरीले जलमग्न हुँदै आएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ८ लगायत क्षेत्र डुबानमा परेको छ । जसबाट करीब २५० घरमा पानी पसेको भए पनि क्षति भने नभएको प्रहरी निरीक्षक थापाले बताए । यद्यपि जिल्लाका अन्य क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x