×

NIC ASIA

सन्दर्भ : श्रीकृष्ण जन्माष्टमी

भगवान् श्रीकृष्णका प्रिय भोजनहरू : किन चढाइन्छ ५६ भोग ?

साउन २७, २०७७

Prabhu Bank
NTC
Premier Steels

हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ ।

Muktinath Bank

श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ । भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू धर्म शास्त्रका अनुसार कृष्ण भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्येका एक अवतार मानिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भगवान् श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छाडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ ।


Advertisment
Nabil box
Kumari

भगवान् कृष्णले सानो हुँदा ठेकीमा भएको दही चोरेर खाएको प्रसङ्ग पनि एकदमै रमाइलो छ । तर उनलाई मन पर्ने अन्य खानाहरू पनि प्रशस्त छन् । कृष्णलाई अत्यन्त मन पर्ने भोजनमा मख्खन र मिस्रीको भोग रहेको छ । उनले गाउँगाउँमा डुलेर माटोका भाँडामा जमाएर राखेको मख्खन खुब चोरेर खाने गर्थे र साथीहरूलाई पनि खुवाउँथे । त्यसैकारण पनि भगवान् श्रीकृष्णलाई मख्खन चोर नामले पनि चिनिन्छ ।

Vianet communication

दही बनाउन जमाएको दूधको तर जसलाई मख्खन भनिन्छ । मिस्री कुटेर मख्खनमा हाल्दिने र विभिन्न ‘ड्राइ फ्रुटहरू घ्यूमा भुटेर बनाएको पञ्चमेवा मिसाएपछि बन्ने मिठाइ साह्रै मिठो र स्वादिष्ट मानिन्छ ।

खिर पनि कृष्ण भगवान्लाई अत्यन्त मन पर्ने भोजनमा पर्छ । निल कमलको दाना अर्थात् मखनाको खिरमा मिस्री, काजु, किसमिस, नरिवल, पिस्ता, केसर हालेर बनाएको हुन्छ । शुद्ध दूधबाट बनाएको पेडा पनि भगवान् श्रीकृष्णको अर्को प्रिय भोजन हो । शुद्ध गाईको दूध, दही, मह, सख्खर, घ्यु हालेर बनाइएको पञ्चामृत पनि भगवान् श्रीकृष्णका प्रिय भोजनमा पर्छन् ।

भगवान ईन्द्र रिसाएर ७ दिनसम्म निरन्तर मुसलधारे पानी गराइदिँदा कृष्णले आफ्नो कान्छी औंलाले गोबद्र्धन पर्वतलाई उठाएर गोकुलवासीलाई बचाएको हुनाले गोकुलवासीले उनलाई ५६ भोग प्रसाद (भोजन) एकै दिन खुवाएका थिए । उनले १ दिनमा ८ पटक भोजन गर्ने र ७ दिनसम्मको भोजन जोड्दा ५६ व्यञ्जन हुन्छ ।

यी हुन् ५६ व्यञ्जन:

१. भक्त (भात),
२. सुप (दाल),
३. प्रलेह (चटनी),
४. सदिका (कढ़ी),
५. दधिशाकजा (दही शाकको कढ़ी),
६. सिखरिणी (सिखरन),
७. अवलेह (शरबत),
८. बालका (बाटी),
९. इक्षु खेरिणी (मुरब्बा),
१०. त्रिकोण (शर्करायुक्त),
११. बटक (बडा),
१२. मधु शीर्षक (मठरी),
१३. फेणिका (फेनी),
१४. परिष्टश्च (पुरी),
१५. शतपत्र (खजला),
१६. सधिद्रक (घेवर), 
१७. चक्राम (मालपुआ), 
१८. चिल्डिका (चोला),
१९. सुधाकुण्डलिका (जलेबी),
२०. धृतपूर (मेसू),
२१. वायुपूर (रसगुल्ला),
२२. चन्द्रकला (पगी हुई),
२३. दधि (महारायता),
२४. स्थूली (थूली),
२५. कर्पूरनाड़ी (लौंगपूरी),
२६. खण्डमण्डल (खुरमा),
२७. गोधुम (दलिया),
२८. परिखा,
२९. सुफलाढया (सौंफ युक्त),
३०. दधिरूप (बिलसारू),
३१. मोदक (लडडू),
३२. शाक (साग),
३३. सौधान (अधानौ अचार),
३४. मण्डका (मोठ),
३५. पायस (खीर),
३६. दधि (दही),
३७. गोघृत (गाईको घ्यु),
३८. हैयन्गपीनम (मख्खन),
३९. मण्डुरी (मलाई),
४०. कूपिका (रबडी),
४१. पर्पट (पापड),
४२. शक्तिका (सीरा),
४३. लसिका (लस्सी),
४४. सुवत,
४५. संघाय (मोहन),
४६. सुफला (सुपारी),
४७. सिता (इलायची),
४८. फल,
४९. ताम्बुल,
५०. मोहन भोग,
५१. लवण,
५२. कषाय,
५३. मधुर,
५४. तिक्त,
५५. कटु,
५६. अम्ल
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

जेठ ९, २०८१

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x