×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश प्रहरी कार्यालयले कोरोनाको लकडाउन पछि प्रतिबन्धित नेकपा माओवादी विप्लव समूहका १३ जना कार्यकर्ता पक्राउ गरेको छ ।  

Muktinath Bank

लकडाउन पछि मात्रै प्रदेश प्रदेश प्रहरी कार्यालय मातहत रहेका जिल्ला प्रहरी कार्यालयहरूले कर्णालीका १३ जना विप्लव कार्यकर्ता पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उनका अनुसार सुर्खेतबाट दुई, दैलेखबाट एक, सल्यानबाट दुई, रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन र डोल्पाबाट एकजनालाई प्रहरीले पक्राउ गरिएको हो ।


Advertisment
Nabil box
Kumari

सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका ४८ वर्षीय कर्णबहादुर विसी र ४२ वर्षीय सहवीर महर पक्राउ परेका छन् । उनका अनुसार विसी र महर जिल्ला कमिटी सदस्य हुन् । 

Vianet communication

उनीहरूको साथबाट विभिन्न किसिमका दस्ताबेज, निर्माण व्यवसायी तथा कन्ट्रक्सनलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र र रकम असुल गरेका अर्धकट्टीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

रुकुम पश्चिमका जिल्ला सेक्रेटरीसहित विप्लवका चारजना कार्यकर्ता आठवीसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ परेका छन् । मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावल, नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, नेकपाका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका छन् ।

दैलेखबाट आठवीस नगरपालिका–६, का ३० वर्षीय उदय विक पक्राउ परेका छन् । मुगु सोरु गाउँपालिका–६, घर भएका जिल्ला सेक्रेटरी ३७ वर्षीय उदय भनिने रामबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७, घर भएका जिल्ला सदस्य २९ वर्षीय नन्द तिवारी र सोही गाउँपालिकाकी १६ वर्षीया सपना बुढा जुम्लास्थित तिला गाउँपालिका–७, गोडेगाउँबाट पक्राउ परेका छन् ।

उनका अनुसार जुम्ला गोठीचौर गाउँपालिका–१, का २९ वर्षीय सूर्य महतारा डोल्पास्थित जगदुल्ला गाउँपालिका–१, हुरिकोटबाट पक्राउ परेका छन् । सल्यान बागचौर नगरपालिका–४, का २३ वर्षीय मोहन केसी र सोही नगरपालिका–२, का २३ वर्षीय सेजन चन्द सल्यानबाट पक्राउ परेको प्रहरीले जनाएको छ । 

एसएसपी वास्तोलाका अनुसार पक्राउ परेकामध्ये सल्यानबाट एकजनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एकजनालाई मुद्दा दर्ता गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x