×

NMB BANK
NIC ASIA

नेपालकै पहिलो कोरोना संक्रमित स्टार्फ नर्समा पुनः संक्रमण देखिएको छ ।

Muktinath Bank

जिल्ला अस्पताल, कपिलवस्तु कार्यरत ती नर्सलाई नर्सतर्फ सबैभन्दा पहिला वैशाख ३० गते संक्रमण देखिएको थियो । उनको फेरि पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालमा उनीसहित अस्पतालमा २१ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ । संक्रमित नर्सले लोकान्तरसँग भनिन्, ‘केही दिन अगाडि ज्वरो आएको थियो, जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वाटरमा आइसोलेट भएकी छु ।’


Advertisment
Nabil box
Kumari

२१ स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएपछि अस्पतालमा इमरजेन्सीबाहेक अन्य सेवा बन्द छन् । 

Vianet communication
Laxmi Bank

कपिलवस्तुमा केही दिनअघि ३ डाक्टरसहित एकैपटक १८ जनालाई कोरोना पुष्टि भएकोमा एकजना उनै नर्स हुन् । 

पहिलोपटक संक्रमण हुने बेला उनमा कुनै लक्षण पनि देखिएको थिएन भने अहिले पनि कुनै लक्षण देखा नपरेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

ती नर्सलाई फेरि कोरोना देखिएपछि पहिला संक्रमण भएर निको भएकाहरूमा पनि पुनः संक्रमण हुनसक्ने देखिएको छ ।

पछिल्लो समय कपिलवस्तुमा समुदाय स्तरमा कोरोना फैलिएपछि गत साउन २७ गतेदेखि भदौ ७ गतेसम्म जिल्ला पुनः लकडाउन गरिएको छ । 
बुटवलस्थित धागो कारखानमा कोरोना आइसोलेसनमा उपचार गराएका कपिलवस्तुका २ जना पुरुषको मृत्यु भएपछि कपिलवस्तु प्रशासनले पुनः तेस्रोपटक लकडाउन थप गरेको छ । 

कपिलवस्तुमा संक्रमितको संख्या १ हजारनजिक पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x