२० असार २०८३, शनिबार

नेपालकै पहिलो कोरोना संक्रमित नर्सलाई पुनः संक्रमण

भदौ १, २०७७
नेपालकै पहिलो कोरोना संक्रमित नर्सलाई पुनः संक्रमण

नेपालकै पहिलो कोरोना संक्रमित स्टार्फ नर्समा पुनः संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल, कपिलवस्तु कार्यरत ती नर्सलाई नर्सतर्फ सबैभन्दा पहिला वैशाख ३० गते संक्रमण देखिएको थियो । उनको फेरि पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको हो । 

अस्पतालमा उनीसहित अस्पतालमा २१ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ । संक्रमित नर्सले लोकान्तरसँग भनिन्, ‘केही दिन अगाडि ज्वरो आएको थियो, जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वाटरमा आइसोलेट भएकी छु ।’

२१ स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएपछि अस्पतालमा इमरजेन्सीबाहेक अन्य सेवा बन्द छन् । 

कपिलवस्तुमा केही दिनअघि ३ डाक्टरसहित एकैपटक १८ जनालाई कोरोना पुष्टि भएकोमा एकजना उनै नर्स हुन् । 

पहिलोपटक संक्रमण हुने बेला उनमा कुनै लक्षण पनि देखिएको थिएन भने अहिले पनि कुनै लक्षण देखा नपरेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

ती नर्सलाई फेरि कोरोना देखिएपछि पहिला संक्रमण भएर निको भएकाहरूमा पनि पुनः संक्रमण हुनसक्ने देखिएको छ ।

पछिल्लो समय कपिलवस्तुमा समुदाय स्तरमा कोरोना फैलिएपछि गत साउन २७ गतेदेखि भदौ ७ गतेसम्म जिल्ला पुनः लकडाउन गरिएको छ । 
बुटवलस्थित धागो कारखानमा कोरोना आइसोलेसनमा उपचार गराएका कपिलवस्तुका २ जना पुरुषको मृत्यु भएपछि कपिलवस्तु प्रशासनले पुनः तेस्रोपटक लकडाउन थप गरेको छ । 

कपिलवस्तुमा संक्रमितको संख्या १ हजारनजिक पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्