०९ साउन २०८३, शनिबार

लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

भदौ ३, २०७७
लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह
फाइल फोटो।

सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले लकडाउनका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ।

विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका हुन्।

सवारी साधन प्रयोग गर्दा  प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ।

सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्