०९ साउन २०८३, शनिबार

सुदूरपश्चिम सरकारले विपदमा मृत्यु भएकाको परिवारलाई एक लाख राहत दिने

भदौ ४, २०७७
सुदूरपश्चिम सरकारले विपदमा मृत्यु भएकाको परिवारलाई एक लाख राहत दिने

सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक विपदमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

धनगढीमा बसेको मन्त्रिपरिषद्को बैठकले  प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा व्यवस्थापनलगायत काम गर्नका लागि विपद् व्यवस्थापन कोषमा एक करोड उपलब्ध गराउने निर्णय गरेको बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए।   

प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको खर्च प्रदेश सरकारले व्यहोर्ने, बाढी पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट कृषि क्षेत्र र भौतिक पूर्वाधारका संरचनालगायतमा पुगेको क्षतिसम्बन्धी प्रतिवेदन विषयगत मन्त्रालयले तयार पार्ने र सोही प्रतिवेदनका आधारमा प्रदेश सरकारले तत्कालीन र दीर्घकालीन योजनामार्फत सम्बोधन गर्ने  निर्णयसमेत गरिएको छ। 

प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेलधुरा र दार्चुला जिल्लामा गत असार महिनादेखि हालसम्म बाढीपहिरो, डुबान जस्ता प्राकृतिक विपद्का कारण ६४ जनाको मृत्यु भएको जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्