×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्री शाहीको सिडीओलाई निर्देशन – जनताको जीउधनको सुरक्षामा लाग्नुहोस्

भदौ ५, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मा राज्यको भएको बताएका छन् ।

Muktinath Bank

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल वैठकको आयोजना गरी नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको र जनताको जीउधनमा क्षति पुगेमा राज्यले जवाफ दिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्णालीमा वृद्धवृद्धा, दम तथा दीर्घरोगीहरुको संख्या धेरै रहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘कोरोनाको लक्षण सहितको संक्रमण समुदायमा पुगेमा मृत्युदर बढ्न सक्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।’


Advertisment
Nabil box
Kumari

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसँग अनिवार्य पीसीआर रिपोर्ट माग गर्ने निर्णय गरेको बताउदै निर्णयको कडाइपूर्वक कार्यान्वयन गराउन मुख्यमन्त्री शाहीले निर्देशन दिए ।

Vianet communication

मेलापर्वको समय शुरु भएको बताउदै मुख्यमन्त्री शाहीले जिल्लामा कुनै पनि मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, वैठक र भिडभाड हुने गतिविधि पनि कडाईपुर्वक रोक्न निर्देशन दिए ।

जिल्ला विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) वैठकवाट स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

प्रदेश सरकारले जिल्ला अस्पत्तालहरुमा अक्सीजन, कम्तीमा एउटा भेन्टीलेटर र ५ देखि ७ वटा आईसीयू वेड व्यवस्था गर्न लागेको जानकारी दिए ।

वर्षायामका कारण वाढी, पहिरोजस्ता प्राकृतिक विपदवाट क्षति बढेकोतर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहत तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।

समन्वयको अभावले विपद पश्चात उद्धार र उपचारको काम प्रभावकारी नभएको तर्फ ध्यानाकर्षण गराउदै मुख्यमन्त्री शाहीले विपदले पुर्याएको क्षति तथा घाईतेहरुको अवस्थाका वारेमा तत्काल रिपोर्टीङ्ग गर्नुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x