
शनिवार उपचार गर्न लैजाने क्रममा भारतको नौतनवामा मृत्यु भएका नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष संजय कुमार मिश्रको मुत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीको रोहिणी गाउपालिका–३, धकधईका ५३ वर्षीय मिश्रको शनिवार दिउसो शव नेपाल ल्याएर निजी क्लिनिकमा स्वाब परिक्षण गर्न दिँदा आइतवार कोरोना संक्रमण पुष्टी भएको रोहीणी गाँउपालिकाका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए ।
सुगर र प्रेसरका बिरामी रहेका मिश्रलाई थप उपचारका लागि भन्दै शनिवार भारत लगिएको थियो । भारततर्फ लैजानु अघि गरिएको आरडीटी टेष्ट नेगेटिभ आएका अध्यक्ष यादवले जानकारी दिए । ‘मृत्युपछि शव नेपाल ल्याएर पीसीआर परिक्षणका लागी स्वाब संकलन गर्यौ, रिर्पोट पोजिटिभ आयो,’ उनले भने ।
आइतवार रोहीणी नदीमा दाहसंस्कारका लागि चितामा आगो लगाइसकेपछि रिर्पोट पोजेटिभ भन्ने आएको छ अध्यक्ष यादवले भने । हामी सोमवार घर परिवारको स्वाब परिक्षण गर्नेछौ त्यसपछि नजीकका नातेदारहरुलाई पनि सतर्क रहने भनेका छौ उनले भने ।
मलामीहरुको संख्या चार सयको हाराहारीमा रहेको अध्यक्ष यादवले भने ।