१९ असार २०८३, शुक्रबार

कास्कीमा हट्यो निषेधाज्ञा, भदौ २० सम्म स्वास्थ्य र सुरक्षाका मापदण्डमा भने कडाइ

भदौ १२, २०७७
कास्कीमा हट्यो निषेधाज्ञा, भदौ २० सम्म स्वास्थ्य र सुरक्षाका मापदण्डमा भने कडाइ

कास्की जिल्लामा १० दिनसम्म जारी निषेधाज्ञा हटाइएको छ । विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले गत भदौ २ देखि निषेधाज्ञा आदेश जारी गरेको थियो ।

पछि भदौ ८ देखि पुनः ५ दिन थप्दै भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा तोकिएको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालयले अर्को सूचना निकाली जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन, २०२० बमोजिम भदौ १२ गते राति १२ बजेदेखि भदौ २० गते राति बजेसम्म विभिन्न स्वास्थ्य र सुरक्षाका मापदण्डमा भने कडाइ गर्दै जारी निषेज्ञाधा हटाएको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनाअनुसार अबदेखि जिल्लाभर जोरबिजोर प्रणालीमा ट्याक्सी र निजी सवारीसाधन बिहान ६ देखि ८ बजेसम्म चलाउन सकिने भएको छ ।

साथै, यसअघि सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्था खुल्दै आएकोमा अबदेखि सहकारीहरु पनि भीडभाड नहुने गरी संचालन गर्न सकिने भएको छ । कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका निर्माण कार्य तथा उद्योग पनि संचालन गर्न सकिने छ ।

होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवामात्र साँझ ७ बजेसम्म संचालन गर्न सक्ने छन् । साथै अत्यावश्यक कामका लागि घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने, २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक साबुनपानीले हात धुनुपर्ने, सेनिटाइर लगाउनुपर्ने नियम जारी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्