०९ असार २०८३, मंगलबार

स्वास्थ्य केन्द्रको लापरवाहीका कारण सुत्केरीको मृत्यु

भदौ १३, २०७७
स्वास्थ्य केन्द्रको लापरवाहीका कारण सुत्केरीको मृत्यु

दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं. एक सिराडीकी एक २३ वर्षीया महिलाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रको लापरबाहीका कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

२३ वर्षकी पार्वती शाहीलाई भदौ ११ गते विहान सुत्केरी विराम लागेको र उनका आफन्त र गाउँलेको सहयोगमा स्ट्रेचरमा उनलाई केन्द्रमा ल्याइएको मृतक शाहीका भतिज सर्जन शाहीले बताए । विहान ११ बजे अस्पतालमा भर्ना गरिएको र दिउसो तीन बजे छोरीको जन्म पार्वतीले दिएको उनको भनाइ छ ।

‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भन्ने कुरा हामीले भन्दा पनि उहाँहरुले रेफर गर्न मान्नु भएन । उहाँले बच्चा जन्माई सकेपछि ब्लडिंग भइरहेको थियो ।’ उनले गुनासो गर्दै लोकान्तरसँग भने, ‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । उहाँले हेलि आउन नसक्ने बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । उनको गएराति १२ बजे मृत्यू भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरे ।’

उनका अनुसार साँझ ६ बजे ठाटीकाँधबाट हिँडेको गाडी राती १२ बजे मात्रै प्रदेश अस्पताल कालागाउँ पुगेको थियो । ती सुत्केरी महिलाको राती ८ देखि नौ बजेको बीचमा मृत्यू भइसकेको अनुमान उनीहरुको छ । उनका अनुसार जन्मेकी शिशुको तौल २५ सय ग्राम रहेको छ भने उनको अवस्था सामान्य रहेको छ । उनका श्रीमान भारतमा मजदुरी गर्न गएका छन् ।

यता, लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. लक्ष्मी रावतले अस्पतालले कुनै पनि लापरवाही नगरेको दाबी गरिन । ‘हामीले नर्मल डेलीभरी गरायौं । बच्चा सकुशल थियो । तीन बजेर १८ मिनेटमा बच्चा जन्मेको हो । त्यसपछि ब्लेडिंग भयो । ब्लेडिंग कम हुने औषधी दिएर हामीले उहाँलाई रेफर गरिदिएका हौं । उहाँको जेठानी, देउरानी र हामी सबैलागेर उहाँको उपचार गरेका हौं । उहाँको बाटैमा निधन भएको दुःखद खबर हामीले पनि सुन्यौं । उनले भनिन् ।’

salt training

कमेन्ट गर्नुहोस्