×

NMB BANK
NIC ASIA

दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं. एक सिराडीकी एक २३ वर्षीया महिलाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रको लापरबाहीका कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

Muktinath Bank

२३ वर्षकी पार्वती शाहीलाई भदौ ११ गते विहान सुत्केरी विराम लागेको र उनका आफन्त र गाउँलेको सहयोगमा स्ट्रेचरमा उनलाई केन्द्रमा ल्याइएको मृतक शाहीका भतिज सर्जन शाहीले बताए । विहान ११ बजे अस्पतालमा भर्ना गरिएको र दिउसो तीन बजे छोरीको जन्म पार्वतीले दिएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भन्ने कुरा हामीले भन्दा पनि उहाँहरुले रेफर गर्न मान्नु भएन । उहाँले बच्चा जन्माई सकेपछि ब्लडिंग भइरहेको थियो ।’ उनले गुनासो गर्दै लोकान्तरसँग भने, ‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । उहाँले हेलि आउन नसक्ने बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । उनको गएराति १२ बजे मृत्यू भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरे ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार साँझ ६ बजे ठाटीकाँधबाट हिँडेको गाडी राती १२ बजे मात्रै प्रदेश अस्पताल कालागाउँ पुगेको थियो । ती सुत्केरी महिलाको राती ८ देखि नौ बजेको बीचमा मृत्यू भइसकेको अनुमान उनीहरुको छ । उनका अनुसार जन्मेकी शिशुको तौल २५ सय ग्राम रहेको छ भने उनको अवस्था सामान्य रहेको छ । उनका श्रीमान भारतमा मजदुरी गर्न गएका छन् ।

Vianet communication

यता, लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. लक्ष्मी रावतले अस्पतालले कुनै पनि लापरवाही नगरेको दाबी गरिन । ‘हामीले नर्मल डेलीभरी गरायौं । बच्चा सकुशल थियो । तीन बजेर १८ मिनेटमा बच्चा जन्मेको हो । त्यसपछि ब्लेडिंग भयो । ब्लेडिंग कम हुने औषधी दिएर हामीले उहाँलाई रेफर गरिदिएका हौं । उहाँको जेठानी, देउरानी र हामी सबैलागेर उहाँको उपचार गरेका हौं । उहाँको बाटैमा निधन भएको दुःखद खबर हामीले पनि सुन्यौं । उनले भनिन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x