१४ असार २०८३, आइतबार

सुर्खेतमा अरिंगालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु

भदौ १३, २०७७
सुर्खेतमा अरिंगालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं. ६ का एक सात वर्षीया बालको अरिगांलको टोकाइबाट मृत्यु भएको छ ।

जीवन ज्योति माबि कक्षा  १ मा पढ्ने ७ बर्षका खगेन्द्र बयकको शुक्रबार राती नौ बजे ज्यान गएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा बालक बयकसहित गाइ गोरु चराउन गएका थिए ।

शुक्रबार दिउसो चार बजे अरिगांलले टोकेको थियो । उनलाई गुटुमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा राती नौ बजे उनको मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्