×

NMB BANK
NIC ASIA

पुराना बिरामीलाई कोरोना महामारीमा झन् आपत ! न रगत पाइन्छ, न औषधि

भदौ १५, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको महामारी नेपाल प्रवेश गर्नुभन्दा १ महिना १० दिनअघि सुर्खेतको वीरेन्द्रनगर–६ का धनसिंह ठकुरीको दुवै मिर्र्गाैलामा समस्या देखियो ।

Muktinath Bank

उनी प्रदेश अस्पतालमा भर्ना भए । दुवै मिर्र्गाैलामा समस्या देखिएपछि उनले हप्तामा २ पटक ४/४ घण्टाको डायलसिस गर्नुपर्ने भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको रगत समूह ‘एबी नेगेटिभ’ हो । शुरूका ५ हप्ता उनले वीरेन्द्रनगरमै पर्याप्त रगत पाए । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशैभर लकडाउन गरेपछि ठकुरीलाई आपत पर्‍यो ।


Advertisment
Nabil box
Kumari

रगत पाइन छाड्यो । चिनेजानेका व्यक्तिहरू समेत गाउँ फर्के । रगत अभाव भयो ।

Vianet communication

‘साउनसम्म जसोतसो खोजबिन गरे पनि भदौदेखि रगत पाउनै छोड्यो । हप्तामा २ पटक गर्नुपर्ने डायलसिस १४ दिनसम्म रोकियो । गत हप्ता नेपालगञ्जबाट २ प्वाइन्ट मात्रै रगत ल्याउन सक्यौं । त्यसैले भएपनि काम चलाइदिनुस् भनेर अस्पतालमा अनुरोध गर्‍यौं । जोखिम मोलेर भए पनि डाक्टरहरूले  ४ घण्टा गर्नुपर्ने डायलसिस आधा समय मात्रै गरे,’ ठकुरीका आफन्त दिलिपसिंह ठकुरीले भने । 

लकडाउन भएका कारण कुरियर गरेर बाहिरबाट रगत मगाउन सकिने अवस्था समेत नभएको ठकुरीले बताए । ‘कोरोनाभन्दा खतरनाक रोगहरू अरु रहेछन् । अन्य रोगको उपचार नपाएर बिरामीहरू मर्छन् कि जस्तो लागिरहेको छ,’ उनले भने ।

दैलेखको भगवतीमाई गाउँपालिका–६ कट्टीका सागर दाहाल ८ वर्षका भए । उनका बुवा जनक दाहालका अनुसार सागर ३ महिनाको हुँदादेखि नै हरेक महिना रगत चढाउनुपर्ने समस्या देखियो । उपचारका लागि काठमाडौं र भारतका विभिन्न अस्पताल लैजाँदा ‘थाइनेमिया’ रोग देखिएको बुवा जनकले बताए । सागरलाई पनि रगत चाहिरहन्छ । उनको रक्त समूह ‘बी पोजेटिभ’ हो । तर लकडाउन र निषेधाज्ञाका बेला सहजै रगत पाइएन ।

‘सुर्खेतमा रहेको प्रादेशिक अस्पताल आउन ४०० बसभाडा, जान ४०० भाडा जोडेर बढीमा ४ हजार रुपैयाँमा काम हुन्थ्यो,’ जनक दाहाल भन्छन्, ‘लकडाउनका कारण न समयमै गाडी पाइयो, न त भनेकै समयमा रगत पाइयो । अवस्था गम्भीर भएपछि दैलेखमा आर्मी र गाउँका केही युवाले रक्तदान गरेका कारण छोराको ज्यान आजसम्म जोगिएको छ ।’

कोरोना महामारीका बेला उपचार खर्च करीब ५० हजार रुपैयाँभन्दा बढी भइसकेको जनकले बताए । ‘हामी गरीबलाई कोरोना महामारीले अस्तव्यस्त बनाइदियो । कम्तिमा राज्यले हाम्रा बिरामीको उपचार गर्ने आवतजावतमा सहजता ल्याउने नीति ल्याइदिएको भए त्यो असाध्यै राम्रो हुने थियो,’ उनी भन्छन्, ‘लकडाउन अन्त्य भई छोरालाई बचाउन सकियोस्, मेरो चाहना यत्ति हो ।’

चौकुने गाउँपालिकाका रमेश विश्वकर्मा ४६ वर्षका भए । उनले नियमित रूपमा सुगरको औषधि खानुपर्छ । लकडाउन भएको अवधिमा उनले नियमित रूपमा औषधि खान नपाउँदा उनको स्वास्थ्य अवस्था बिग्रियो । अघिल्लो हप्ता मात्रै उनको परिवारले महंगो भाडामा एम्बुलेन्स रिजर्ब गरेर प्रदेश अस्पतालमा ल्यायो । थोरै ढिलो भएको भए उनको ज्यानै जानसक्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

प्रदेश अस्पताल कालागाउँका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले लकडाउनका कारण नियमित बिरामीलाई सबैभन्दा बढी मार परेको बताए । प्रदेशका हुनेखानेहरू जसरी पनि अस्पताल आउने र गरीब नागरिकलाई सहज यातायात आवागमन नभएका कारण समस्या भएको जानकारी उनले दिए । ‘ब्लड प्रेसर, सुगर जस्ता रोगका बिरामीले समयमा खानुपर्ने औषधि खान नपाउँदा रोग बढेको पाइएको छ,’ उनले भने, ‘अन्तिम अवस्था आइसकेपछि मात्रै बाध्य भएर अस्पताल ल्याउने अवस्था सिर्जना भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x