
रूपन्देहीमा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं ६ का कोरोना संक्रमित ५७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले दिउँसो आइसियुमा उपचारको ती पुरुषको मृत्यु भएको जानकारी दिए । ‘कोरोना संक्रमित उहाँको एक्कासी हृदयघात भएर मृत्यु भयो,’ पोखरेलले भने ।
उनलाई बुटवलको कोरोना विशेष अस्पतालबाट भदौं १५ गते भैरहवाको भीम अस्पताल पुर्याइएको थियो ।
भीम अस्पतालमा मंगलबार राति पश्चिम नवलपरासीकी ६५ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।
त्यस्तै बुधबार बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुकी महिलाको पनि मृत्यु भएको छ । योसँगै बुधबार रुपन्देहीमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।