×

NMB BANK
NIC ASIA

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनमा होमिएको छ । पार्टीभित्र नयाँ संकट नआएमा आगामी फागुन १० गते कांग्रेसले नयाँ नेतृत्व पाउने पक्कापक्की छ । पार्टी नेतृत्वका लागि आकांक्षीहरू पनि टन्नै देखिएका छन् ।

Muktinath Bank

महाधिवेशनको तोकिएको कार्यतालिकाअनुसार काम नभएको भन्ने गुनासाहरू पनि धेरै आएका छन् । सभापतिका आकांक्षी नेता कृष्णप्रसाद सिटौलाले पार्टीको केन्द्रीय नेतृत्वले फागुनमा महाधिवेशन नगर्ने खेल खेलेको आरोप लगाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणका कामहरू हुन सकेका छैनन्, सिटौलाले लोकान्तरसँग भने, '१३ औं महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारीहरूले तोकिएको समयमा महाधिवेशन गर्ने गरी काम गर्न सकेका छैनन् । महाधिवेशनको सुनिश्चितता नगरिकन नेतृत्वमा जान आकांक्षा पालिनु गलत हो ।'


Advertisment
Nabil box
Kumari

लोकान्तरकर्मी ईश्वर अर्यालले नेता सिटौलासँग पार्टी महाधिवेशनमा केन्द्रित रहेर कुराकानी गरेका थिए, प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

Vianet communication

पार्टीले महाधिवेशनको तयारी कसरी गरिरहेको छ ?

केन्द्रले बनाएको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्यतालिका लगायत समग्र महाधिवेशनसम्बन्धी कामहरू अहीले प्रभावित भएको देख्छु मैले ।

केन्द्रीय सचिवालयको काम कारवाहीको मूल्यांकन गर्दा फागुनमा महाधिवेशनको तयारी छैन । फागुनमा महाधिवेशन नगर्ने डिजाइन गरेको पाइन्छ । त्यो अवस्थामा हतारिएर सबै कुरा बोल्न आवश्यक छैन ।

१४ औं महाधिवेशन जहिले होला, तर हाम्रो बलियो टीमको प्रस्तुति हुनेछ । १३ औं महाधिवेशनको जस्तो आंशिक टीम होइन, फूल फ्लेज्ड टीम रहनेछ । र प्रतिस्पर्धा दह्रो हुनेछ ।

दलहरूभित्र विवाद हुनु सामान्य भएपनि कांग्रेसभित्रको विवाद ठूलो देखिन्छ । समाधानउन्मुख छैन । एकपक्षीय रूपमा भटाभट विभागहरू गठन र नियुक्तिको शृंखला चलिरहेको छ । तपाईंहरूले विवाद मिलाउन किन नसक्नुभएको हो ?

एक महिनाअघि सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी सबैलाई बोलाउनुभएको थियो । एक महिना अघितिरको कुरा हो ।

त्यहाँ मैले मेरो कुरा स्पष्ट राखेको थिएँ । अहिलेसम्म जेजे गर्नुभयो, अब सबै कुरा रोक्नुस भनेर भनेको थिएँ । त्यसपछि पनि उहाँले विभागहरू गठन गर्ने र नियुक्ति गर्ने काम रोक्नुभएको छैन । त्यो चिन्ताजनक छ ।

भनेपछि सभापतिको डिक्सनेरीमा 'ब्रेक' भन्ने शब्द नै रहेनछ ?

त्यही त, मैले त्यतिबेलै सबै कुराहरू रोक्नुस् भनेर भनेको हो । यहाँसम्म जे-जे गर्नुभयो ठीकै छ, अब चाहिँ सहमतिमै अगाडि बढ्नुपर्छ भन्ने मेरो आशय थियो । मेरो कुरा सुन्नुभएन । त्यहाँदेखि यता गरेका कामहरूमा मेरो आपत्ति छ । त्यहाँदेखि यता जे गर्नुभएको छ त्यो गलत हो । महाधिवेशनको तयारीमा जुट्ने बेलामा विभागहरू गठन गर्दै जानु औचित्यपूर्ण छैन । यो उचित होइन ।

कांग्रेसमा सभापतिका आकांक्षीहरू टन्नै छन् । तपाईं पनि एउटा आकांक्षी हो । अन्य आकांक्षीहरूसँगको तपाईंको अहिले कस्तो खालको संवाद हुन्छ ?

पार्टीका नेताहरूसँग जस्तो संवाद हुन्छ, त्यस्तै छ ।

प्रतिस्पर्धीका हिसाबले केही न केही कुराहरू त हुन्छन् होला नि ?

प्रतिस्पर्धाको दृष्टिकोणलाई लिएर कुराकानी केही भएको छैन । आमनेसामने र भेटघाट कुराकानी भएको भनेको एक महिनाअघि सभापतिकै निवासमा सबैसँग एकमुष्ट भएको हो । कुनै कुनै भर्चुअल बैठकमा देखादेखी हुन्छ । तर पार्टीको महाधिवेशनसम्बन्धी आन्तरिक बैठक भएको छैन । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टीमबाट जो–जो साथीहरूले पदाधिकारी जित्नुभएको छ उहाँहरूले के कुरा गर्दै हुनुहोला भन्ने उहाँहरूकै कुरा हो । मेरो खासै कुराकानी भएको छैन ।

महाधिवेशनसम्बन्धी कार्यतालिका कार्यान्वयन नहुनुमा दोष कसको हो ?

सभापति र महामन्त्रीको मुख्य जिम्मेवारी महाधिवेशनको तयारी गर्नु हो । महाधिवेशन हुने निश्चित भएपछि जेमा मन लाग्छ, त्यसमा उम्मेद्वारी दिए हुन्छ । महाधिवेशनको तयारी नगर्ने, उम्मेदवारीको तयारी गर्नुको कुनै औचित्य छैन ।

सभापति र महामन्त्रीको पदीय नेतृत्व हुन्छ पार्टीमा । परम्परागत दृष्टिकोणले भन्ने हो भने उपसभापति भन्ने नै थिएन कांग्रेसमा । १२ औं महाधिवेशनबाट उपसभापतिको व्यवस्था गरिएको हो ।

तर पार्टीको बैठक नहुँदा सभापतिको विचारलाई पार्टीकै निर्णय मानिन्छ । तर सचिवालय चाहिँ महामन्त्रीको नेतृत्वमा हुन्छ । सभापति र महामन्त्रीको मुख्य जिम्मेवारी भनेको त केन्द्रीय कार्यसमितिले निर्णय गरेबमोजिम महाधिवेशनको तयारी गर्नु हो । कतिपय जिल्लाको समायोजन नै उहाँहरूले टुंग्याउन दिनुभएको छैन ।

अहिले क्रियाशील सदस्य र नवीकरणका फारमहरू जिल्ला जिल्लामा जान सकेका छैनन् । फागुनमा महाधिवेशन गर्ने प्रस्ताव जसरी पदाधिकारीको सल्लाहमा पारित गर्नुभयो, त्यो प्रस्ताव त कार्यान्वयन नहुने देखियो । प्रस्ताव गरिएको महाधिवेशन कार्यतालिका कार्यान्वयन गर्न नसक्नेहरूले फेरि सभापति हुन्छु भन्दै किन हिँडेको हो, मैले बुझेको छैन ।

सभापति देउवाको टीममा रहेका विमलेन्द्र निधिले सार्वजनिक रूपमै आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । यसले पार्टीभित्रको आन्तरिक समीकरणलाई ठूलै परिवर्तन गर्न खोजेको देखियो नि !

त्यो उहाँको इच्छा हो । सभापतिमा उठ्ने हो भने त प्रेस सम्मेलन गरेर मज्जाले भने हुन्छ नि त ! अरू कुरा त पछि समय आएपछि को कता भन्ने थाहा हुन्छ । आकांक्षा त जसले पनि राख्न पायो । कसैले आकांक्षा राख्दैमा महत्त्वपूर्ण फेरबदल नै आयो भनिहाल्न मिल्दैन ।

१३ औं महाधिवेशनमा तपाईंले बनाउनुभएको टीम नै अबको महाधिवेशनमा कायम रहन्छ कि, त्यसमा फेरबदल हुन सक्छ ?

हाम्रो पहिलेको टीम सानो र आंशिक थियो, अहिले विस्तारित हुन्छ ।

पुरानो टीमकै सदस्यहरू अहिले पनि हुनुहुन्छ र त्यो टीम विस्तारित भएर प्रतिस्पर्धामा उत्रन्छ ।

भनेपछि गगन थापा फेरि पनि महामन्त्रीकै दाबेदार हो ?

त्यो के हुन्छ अहिले भन्ने कुरा भएन । पछि समय आएपछि को कहाँ उठिएला भन्ने थाहा हुन्छ ।

अहिले संरचनाहरू पनि बढेका छन् । पहिला जिल्ला अधिवेशनपछि केन्द्रीय महाधिवेशनको अनुमान गर्न सकिन्थ्यो । अहिले ७ वटा प्रदेशको महाधिवेशनपछि मात्र केन्द्रको समीकरण अनुमान गर्न सकिन्छ ।

त्यसैले हतारिएर अहिले पद किन बाँड्नु ?हाम्रो पुरानो टीम कायम रहन्छ र त्यो थप विस्तारित हुन्छ । यसपटक त्रीपक्षीय प्रतिस्पर्धा हुन्छ पार्टीमा भन्ने मैले बुझेको छु ।

तपाईंको टीमले उम्मेद्वारी घोषणा कहिले गर्छ ?

समय आएपछि घोषणा हुन्छ । महाधिवेशनको टुंगो छैन, अहिले घोषणा गरेर के अर्थ हुन्छ ?

अन्तिममा एउटा प्रश्न, प्रतिस्पर्धाका लागि तपाईंको टीमको देशव्यापी तयारी कस्तो छ ?

सबै साथीहरूसँग कन्ट्याक्टमा छौं । साथीहरूले देशैभर एउटा अभियानकै रूपमा यसलाई लिएर जानुभएको छ । म पनि लागिरहेको छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x