१४ असार २०८३, आइतबार

चीनले हुम्लामा सीमा मिचेको छैनः गृहमन्त्री थापा

असोज १०, २०७७
चीनले हुम्लामा सीमा मिचेको छैनः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको स्थायी कमिटिको बैठकले सरकार र प्रदेश सरकार पुर्नगठन गर्ने भनेर निर्देशन दिएपनि केहि समय लाग्ने बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बादलले हुम्लामा चीन पक्षले सीमाअतिक्रमण नगरेको दाबी समेत गरे ।

परराष्ट्र मन्त्रालयले नै सीमानमिचिएको बताइसकेको छ । केहि मिडियामा आएका कुरा गलत छन् । त्यहाँ सीमामिचिएको छैन । उनले भने, पार्टी र सरकारले मुख्यमन्त्री नै परिवर्तन गर्ने भन्ने निर्णय भएको छैन । निकट भविष्यमा सरकार हेरफेर भने हुनसक्छ । 

दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर सुर्खेत आइपुगेका गृहमन्त्री बादलले देशभरमा बाढी र पहिरोले मानविय र धनजनको ठूलो क्षती पु¥याएकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य गरेको गृहमन्त्रीले जानकारी दिए । कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदन तयार गरिरहेकाले सोही प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने उल्लेख गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्