
गण्डकी प्रदेशमा शनिबारदेखि कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
गएको २४ घण्टामा थप १७ जना कोरोना सङ्क्रमित थपिएपछि प्रदेशमा कुल सङ्क्रमितको संख्या ४ हजार ३ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो समय पोखरा महानगरपालिकाका १० जना, गोरखा जिल्लाका ५ र तनहुँका २ जना रहेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमित हाल १ हजार १ सय ३९ जना छन् । कुल सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म २ हजार ८ सय ३१ जना निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या गण्डकीमा ३३ जना पुगेको छ ।
