क्यान्सरको खतरा कम गर्न साइकल चलाउनुस्

क्यान्सरको खतरा कम गर्न साइकल चलाउनुस्

तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सरको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरि हाल्नुहोस्, यो वैज्ञानिकहरूको भनाइ हो ।


Advertisement

अध्ययनका अनुसार साइकलको प्रयोगले मुटुको विरामी तथा क्यान्सरमा कमी आउने छ ।


Advertisement

बेलायतमा नियमित आउजाउ गर्ने साढे २ लाख मानिसमा गरिएको एक अध्ययन अनुसार सार्वजनिक यातायात या कारमा यात्रा गने भन्दा पैदल हिँड्नु बढी फाइदाजनक पाइएको छ ।

ग्लासगोको टीमका अनुसार एक पटक नियमित कामकाजमा लागेपछि साइकल चलाउनका लागि कुनै इच्छाशक्तिको आवश्यकता हुँदैन । जसरी जिम जानका लागि सवै तयार हुन्छन् ।

 


Advertisement

पाच वर्षको अध्ययनमा सक्रिय जीवनयापन गर्ने मानिसको तुलना स्थिर रहनेसँग नहुने देखाएको छ ।


अध्ययन गरिएका मध्ये २४३० मानिसको मृत्यु भएको छ, ३७४८ मानिसलाई क्यान्सर भएको छ, १११० मानिसलाई मुटुसँग सम्बन्धित समस्या देखिएको छ ।

तर अध्ययनको क्रममा लगातार साइकल चलाउनेमा कुनै पनि कारणबाट हुने मृत्युको खतरा ४१ प्रतिशत कम पाइएको छ । यीनिहरुमा ४५ प्रतिशत क्यान्सर तथा ४६ प्रतिशतमा मुटुको विरामी भएको पाइएको छ ।
अध्ययनका अनुसार औसत करिब हप्तामा ४८ किलोमिटर साइकल चलाएका छन्, तर यसभन्दा धेरै समय साइकल चलाउँदा उनीहरुलाई थप फाइदा मिलेको थियो ।

 

 

ग्लासगो विश्वविद्यालयका प्राध्यापक डा जेसन गिलले बीबीसीलाई भने,‘यो प्रमाण हो की जो मानिस क्रियाशील तरिकाबाट यात्रा गर्छन, खासगरेर साइलकमा उनीहरुलाई कम क्यान्सर कम खतरा छ । हामीले साइल चलाउने क्रमलाई बानीको रुपमा विकास गर्न आवश्यक छ ।’


वजन घटाउँदा नघट्ने केही रोगहरुसमेत साइल चलाउँदा घट्ने अध्ययने जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्