०७ साउन २०८३, बिहीबार

प्रहरी देखेपछि पैसा छाडेर फरार

कात्तिक ३, २०७७
प्रहरी देखेपछि पैसा छाडेर फरार

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धी गल्लीबाट सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथै भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला फालेर फरार भएका थिए । उक्त झोलामा जाँच गर्दा सो भारतीय रुपैयाँ फेला परेकोे सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्