
नवदुर्गा जगन्माता विजया शुभकामना
यो वर्ष यसरी मानौं आ–आफ्नै घरसारमा
कोरोना जग्जगी यो छ यो हो विध्वंशकारक
श्रव्य दृष्य प्रविधिले लिउँ दिउँ शुभाशिक
एकाकार बनौं हामी कोरोना त्यो धपाउन
भगाएर त्यहाँ स्थायी रामराज्य बसाउन
सङ्कल्प छ यही हाम्रो दिउन् साथ महेश्वर
हाम्रो आँट बुझी हुन्छन् दयालु ज्ञानसागर
कतै पनि नहोस् हाम्रो प्रतिशोध दुराग्रह
जतासुकै हुँदै जाओस् सत्यको मात्र आग्रह
सदास्थायी रहोस् हाम्रो सद्भाव इष्टमित्रमा
हित भाव बढी राखोस् छिमेकी बन्धुवर्गमा
अहिंसक खुशी मान्ला कतिको ज्यान जोगियो
तर हिंसक यो ठान्ला दशैं चाड फिका भयो
पूजा पाठ जपध्यान शाहाकार लिने गर
पाक होस् नून पानी र मसला त्यो निरन्तर