
धनगढीमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव धनगढी नगरपालिका वडा नम्बर १ मा रहेको कब्रिस्तानमा गाडिएको भन्दै स्थानीयहरूले विरोध गरेका छन् ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रिस्तानमा शव गाडेका थिए ।
मानववस्ती सँगै रहेको कब्रिस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रिस्थानको गेटमा ताला लगाएका छन् ।
उनीहरूले गाडिएको शव ननिकालिएसम्म गेटको ताला नखोल्ने बताएका छन् ।
स्थान अभावका कारण कब्रिस्तानमा शव गाडिएको कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले बताए।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमै आज विहान मृत्यु भएको थियो ।