०६ साउन २०८३, बुधबार

बस्ती नजिकै कब्रस्तानमा कोरोना संक्रमितको शव गाडिएपछि स्थानीयको विरोध

कात्तिक १३, २०७७
बस्ती नजिकै कब्रस्तानमा कोरोना संक्रमितको शव गाडिएपछि स्थानीयको विरोध

धनगढीमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव धनगढी नगरपालिका वडा नम्बर १ मा रहेको कब्रिस्तानमा गाडिएको भन्दै स्थानीयहरूले विरोध गरेका छन् ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र  नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रिस्तानमा शव गाडेका थिए ।

मानववस्ती सँगै रहेको कब्रिस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रिस्थानको गेटमा ताला लगाएका छन् ।

उनीहरूले गाडिएको शव ननिकालिएसम्म गेटको ताला नखोल्ने बताएका छन् । 

स्थान अभावका कारण कब्रिस्तानमा शव गाडिएको  कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले बताए। 

धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमै आज विहान मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्