
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमनाथ अधिकारीले लेखेका गीतको संग्रह ‘फर्किन् मेरी आमा’ एल्बमको मंगलवार विमोचन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले प्रेमनाथ अधिकारीको फर्किन् मेरी आमा गीति एल्बम विमोचन गरेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमको कारण प्रधानमन्त्री ओली औपचारिक कार्यक्रममा कम उपस्थित हुने गरेका छन् ।