×

NMB BANK
NIC ASIA

लयमा फर्किँदै पोखरा

कोरोनाको भय चिर्दै जुर्मुरायो प्याराग्लाइडिङ, पालो पाउन पनि ३ दिनअघि बूकिङ गर्नुपर्ने अवस्था

कात्तिक २६, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड १९)को प्रभावले ६ महिनासम्म ठप्प बनेको प्याराग्लाइडिङ क्षेत्र यतिखेर चलायमान हुन थालेको छ । 

Muktinath Bank

आकाश नै ढाकिने गरी उड्ने प्याराग्लाइडिङको ताँतीले पर्यटकीय क्षेत्र पोखराको आन्तरिक पर्यटन प्रबर्द्धनमा सघाउ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल हवाई खेलकुद संस्था (ना) ले विगतको तुलनामा शुल्कमा भारी छूट गरेपछि आकाशमा चराझैं घुम्ने रहर पालेकाहरू थप आकर्षित बनेका हुन् । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ प्रभावले थलिएका कारण पोखराका होटल तथा रेष्टुरेन्टहरू तथा विभिन्न क्षेत्र पूर्णरूपमा सञ्चालन नआइसक्दा पोखरेली आकाशमा भने ग्लाइडर फन्कोले केही भए पनि पर्यटन क्षेत्रमा उत्साह थपेको छ । 

Vianet communication

पोखरा–१५ का तिलक थापा यहाँका रैथाने हुन् । उनी उमेरले ५० वर्षका भए । साहसिक खेल प्याराग्लाइडिङ पोखराको आकाशमा विगत दुई दशकदेखि उडेको उनले नदेखेका होइनन् । पेशाले रेष्टुरेन्ट तथा स्कूल सञ्चालक समेत रहेका थापालाई उड्ने रहर भएपनि कहिल्यै मेसो मिलेको थिएन । यसबेला दशैंको बिदामा उनीमात्र होइन, परिवारका सदस्यसहित एकैपटक ७ जनाले प्याराग्लाइडिङको मज्जा लिए ।

आफ्नो जन्मदिनको अवसर पारेर तिलकसहित धर्मपत्नी बिमला थापा, दुई छोराहरू बेञ्जोन र बेनिस थापा, भाञ्जा विश्वदीप कुँवर, छोराका साथीहरू लोकेश दुलाल र सनम कुँवरले उडान भरेका हुन् । ‘कम्पनीहरूले छुट पनि दिएको र फुर्सदको सदुपयोग गरेर आकाशमा उड्यौं । फेवातालमाथि ग्लाइडर पुग्दा स्वर्गमा पुगेको अनुभव हुँदोरहेछ,’ तिलकले लोकान्तरसँगको कुराकानीमा अनुभव सुनाए । 

उनका अनुसार ७ जनाको कुल २१ हजार रूपैयाँ खर्च भयो । लकडाउन अघि उडेको भए करीब ५० हजार रूपैयाँ लाग्थ्यो । 

कम्पनीले नेपालीलाई आधा घण्टा उडाएको विगतमा ७ हजार रूपैयाँसम्म लिने गरेकोमा अहिले ५० प्रतिशत बढी छुट दिएका हुन् । 

यतिखेर प्याराग्लाइडिङ उड्नेमा सबैजसो आन्तरिक पर्यटक छन् । विदेशी पर्यटक देखिँदैनन् । छिमेकी जिल्ला एवं काठमाडौं, चितवन, बुटवल, धरान लगायत शहरबाट मानिसहरू आकाशमा उड्नका लागि पोखरा आउने गरेका छन् । 

दशैंको बेलामा गण्डकी प्रदेश सांसद रामजी बराल जीवन र इन्द्रधारा विष्टले पनि यसको अनुभव लिएका थिए । 

नेपाल हवाई खेलकुद संस्था (ना) का अनुसार दैनिक ६ सय वटासम्म उडान हुने गरेको छ । उड्नका लागि दुईतीन दिन पहिले नै बूकिङ गरिसक्नुपर्छ, नत्र पालो नपाउने अवस्था रहेको कम्पनीहरू बताउँछन् । फेवातालमाथि कावा खाँदै उत्तरमा हिमालको सुन्दरतामा रमाउँदै उड्नुको आनन्द बेग्लै हुने भएकाले मौसमको साथ, भारी छूट, फुर्सदको समय सदुपयोग गर्दै मानिसहरू यतिधेरै प्याराग्लाइडिङ गर्न आकर्षित भएका हुन् ।

मानिसको भीडले व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको विभिन्न कम्पनी सञ्चालकको भनाइ छ । विगतमा महंगो भएकाले प्याराग्लाइडिङ गर्न नसक्ने समेत अहिले अनुभवका लागि आउने गरेको प्याराग्लाइडिङ सञ्चालक भूपाल गुरुङले सुनाए । 

ना अध्यक्ष कृष्ण भण्डारीले कोभिड–१९ जोखिमका कारण पहिलेको तुलनामा अहिले उडानलाई व्यवस्थित गर्दै लगिएको दाबी गर्दछन् । भण्डारीका अनुसार मानिसको एकैपटक भिडले कोरोना संक्रमणको जोखिम बढाएकाले संस्थाले तीन वटा सिफ्टमा कम्पनीहरूको वर्णानुक्रमअनुसार उडान अनुमति दिने गरेको छ । यसरी एउटा कम्पनीले एक दिनमा १२ वटासम्म उडान भर्न पाउँछ ।

जसमा ६–६ वटासम्म उडान गर्न सकिन्छ । ना अन्तर्गत यहाँ ६१ वटा कम्पनी सञ्चालित छन्, तीमध्ये अहिले ५० वटा सञ्चालनमा आएका छन् । केही अझै खुलेका छैनन् । दिनमा एक जना पाइलटले २ जनालाई मात्र उडाउन पाउने गरी व्यवस्था मिलाइएको अध्यक्ष भण्डारीले बताए । यस्तै, कोरोनाविरुद्ध स्वास्थ्य सचेतना अपनाउँदै यात्रुको तापक्रम नाप्ने, अनिवार्य मास्क प्रयोग, सेनिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । 

लामो समयसम्म प्याराग्लाइडिङ नउड्दा यहाँका प्याराग्लाइडिङ कम्पनीले ५० करोड रूपैयाँसम्म घाटा व्यहोरेको अनुमान छ । 

ना अध्यक्ष भण्डारीले भने, ‘कोरोना प्रभावसँगै सरकारले उडान रोक्दा करीब ५० करोड घाटा हुन गएको थियो । व्यवसाय चौपट हुने भयो भनी चिन्तित व्यवसायीहरूले उडानमा भारी छूट दिएपछि मानिसको भीड बढ्दा आशाको सञ्चार भएको हो । 

नाका महासचिव एवं नमस्ते प्याराग्लाइडिङका सञ्चालक बलराम आचार्यले हाल कम दररेटमै नियमित उडानले ‘अप्रेसन’ खर्च धान्ने अवस्था सिर्जना भएको बताउँछन् । उनी पोखराको पर्यटन क्षेत्र बिस्तारै जुर्मराउन थालेको मान्छन् ।

प्याराग्लाइडिङ उडानपछि आफ्नो अनुभव सुनाउँदै प्रदेश सांसद रामजी बराल जीवनले पोखराको पर्यायवाची रूपमा सो खेल रहेको बताए । उनी आफू आकाशमा उड्दा खुबै रमाएको बताए । 

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका तीन स्थान र नजिकैको तोरीपानीको टेक अफ क्षेत्रबाट उडान भरी पाइलटले फेवाताल किनार खपौंदी, इन अफ द लेक, वाटरफ्रन्ट रिसोर्ट अगाडिको चौरमा अवतरण गर्दछन् । साथै केही ग्लाइडर चंखपुरमा समेत अवतरण हुने गर्दछन् । पोखरामा हाल ३३८ पाइलट रहेकोमा २५० जनाले टेन्डम फ्लाइट गर्ने गरेका छन् ।

सरकारले गत असोज १ देखि हवाई उडान सञ्चालन अनुमति दिएसँगै पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आएको हो । आवश्यक तयारी र व्यवस्थापनका कारण औपचारिक रूपमा व्यावसायिक उडान असोज १५ देखि मात्र भयो । 

पोखरामा यो साहसिक खेलको इतिहास केलाउँदा यूरोपबाट शुरू प्याराग्लाइडिङले नेपालमा २ दशकको यात्रा पूरा गरिसकेको छ । नेपालमा प्याराग्लाइडिङ भित्र्यउनुको पहिलो श्रेय वंजन परिवारलाई जान्छ । यूरोपका धेरै देशहरूबाट विकसित प्याराग्लाइडिङ नेपालमै पहिलोपटक नुवाकोटका विरु वंजनको प्रयासमा पोखरामा सन् १९९२ देखि भित्रिएको हो ।

यहाँ प्याराग्लाइडिङ भित्रिएसँगै उनकै छोरा राजेश नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलटको रूपमा चिनिए । पर्यटन व्यवसायीका अनुसार पोखरामा सन् १९९० देखि व्यावसायिक उडान थालिएको इतिहास छ । राज्यले नपत्याएको यो खेलले २ वर्षअघि १८ औं एसियाली गेम्समा रजत पदक जितेसँगै नेपालको साख जोगाएको थियो । 

साहसिक खेल प्याराग्लाइडिङको विस्तारै आकर्षणले १५९२ मिटर उचाइको सराङकोट प्याराग्लाइडिङले महत्त्वपूर्ण स्थानको रूपमा चिनारी बोक्यो । क्रमशः प्याराग्लाइडिङ कम्पनी खुल्दै गए । हाल ५ दर्जन पुगिसकेका छन् । डोरी र ग्लाइडर साथमा जोखिम मोलेर आकाशमै विना इञ्जिन स्वतन्त्र उड्ने साहसिक यो खेलमा विदेशीसँगै नेपालीहरूको आकर्षण बढ्दै गएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x