२५ असार २०८३, बिहीबार

सुखी घरबारका लागि बिहेअघि नै पाट्नरसँग अवश्य टुग्याउनुहोस् यस्ता विषय

मंसिर २४, २०७७
सुखी घरबारका लागि बिहेअघि नै पाट्नरसँग अवश्य टुग्याउनुहोस् यस्ता विषय

विवाहको अर्थ कसैसँग जीन्दगीभरीका लागि जोडिनु पनि हो । दुईजना मात्रै होइन, दुई परिवार, उनीहरुका आफन्त, सम्बन्धी र सपना पनि जोडिन्छन् । सही जीवनसाथी छनोट गर्न सजिलो भने छैन । 

तर, विवाहअघि आफ्नो साथीका कैयौं कुराहरुमा मूल्यांकन गर्न भने सकिन्छ । जसकारण अगाडि गएर पछुताउन नपरोस । विवाहअघि आफ्नो साथीसँग केही प्रश्न भने अवश्य सोध्नुहोस् । 

आर्थिक विषयमा कुरा गर्नुहोस्

बचतबारे सबै सचेत नै हुन्छन् । यसकारण विवाहअघि यसकारण पनि यो कुरा महत्वपूर्ण हुन्छ कि घरखर्च कसरी विभाजन गर्ने ? दुवैको आम्दानी कति हुन्छ र त्यसलाई कसरी व्यवस्थापन गर्ने । यसका साथै भविष्यमा कति बचत गर्ने लक्ष छ । 

वैवाहिक जीवनमा आर्थिक स्थिति राम्रो हुन बहुत जरुरी छ । आर्थिक स्थितिले नै सम्बन्ध सुधार्ने र बिग्रने हुन्छ । यसकारण रकम लेखनदेन खर्चबारे अनिवार्य कुरा गर्नुहोस् । 

बिहेपछि कहाँ बस्ने 

विवाहअघि पाट्नरसँग खुलेर सोध्नुहोस् कि विवाहपछि कहाँ रहन चाहान्छौ भनेर । के बिहेपछि आफ्नै घर आवश्यक छ वा पैतृक सम्पत्तिमै बसोबास गर्ने यो विषयमा कुरा गर्नुहोस् ।

जानकारी लिनुहोस् कि बिहेपछि तपाईको पाट्नर तपाइँका बाबुआमासँग रहन सक्छिन् कि नाई । अलग रहनाले पनि बाबुआमाससँग कत्ति समय दिनसकिन्छ । 

पारिवारिक योजना 

बिहेअघि ने आफ्नो हुनेवाला जीवनसाथीसँग परिवारको योजनाबारे पनि खुलेर कुरा गर्नुहोस् । बच्चालाई लिएर उसको मनमा के विचार छ, यो विषय जान्नुहोस् ।

परिवार व्यवस्थापन, बच्चा लालन पालन, उनीहरुको रेखदेख कुनै सजिलो काम होइन । यहाँ मानसिक र आर्थिक दुवै समस्या आउन सक्छन् । यस्तो समस्यासँग कसरी जुध्ने भन्ने पहिल्यै निर्क्योल गर्नुहोस् । 

उल्लेखित माथिका विषयहरु बारे कुराकानी खुलेर गर्न सकियो भने मात्रै बिहे गर्नु उपयुक्त हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्