
विवाहको अर्थ कसैसँग जीन्दगीभरीका लागि जोडिनु पनि हो । दुईजना मात्रै होइन, दुई परिवार, उनीहरुका आफन्त, सम्बन्धी र सपना पनि जोडिन्छन् । सही जीवनसाथी छनोट गर्न सजिलो भने छैन ।
तर, विवाहअघि आफ्नो साथीका कैयौं कुराहरुमा मूल्यांकन गर्न भने सकिन्छ । जसकारण अगाडि गएर पछुताउन नपरोस । विवाहअघि आफ्नो साथीसँग केही प्रश्न भने अवश्य सोध्नुहोस् ।
आर्थिक विषयमा कुरा गर्नुहोस्
बचतबारे सबै सचेत नै हुन्छन् । यसकारण विवाहअघि यसकारण पनि यो कुरा महत्वपूर्ण हुन्छ कि घरखर्च कसरी विभाजन गर्ने ? दुवैको आम्दानी कति हुन्छ र त्यसलाई कसरी व्यवस्थापन गर्ने । यसका साथै भविष्यमा कति बचत गर्ने लक्ष छ ।
वैवाहिक जीवनमा आर्थिक स्थिति राम्रो हुन बहुत जरुरी छ । आर्थिक स्थितिले नै सम्बन्ध सुधार्ने र बिग्रने हुन्छ । यसकारण रकम लेखनदेन खर्चबारे अनिवार्य कुरा गर्नुहोस् ।
बिहेपछि कहाँ बस्ने
विवाहअघि पाट्नरसँग खुलेर सोध्नुहोस् कि विवाहपछि कहाँ रहन चाहान्छौ भनेर । के बिहेपछि आफ्नै घर आवश्यक छ वा पैतृक सम्पत्तिमै बसोबास गर्ने यो विषयमा कुरा गर्नुहोस् ।
जानकारी लिनुहोस् कि बिहेपछि तपाईको पाट्नर तपाइँका बाबुआमासँग रहन सक्छिन् कि नाई । अलग रहनाले पनि बाबुआमाससँग कत्ति समय दिनसकिन्छ ।
पारिवारिक योजना
बिहेअघि ने आफ्नो हुनेवाला जीवनसाथीसँग परिवारको योजनाबारे पनि खुलेर कुरा गर्नुहोस् । बच्चालाई लिएर उसको मनमा के विचार छ, यो विषय जान्नुहोस् ।
परिवार व्यवस्थापन, बच्चा लालन पालन, उनीहरुको रेखदेख कुनै सजिलो काम होइन । यहाँ मानसिक र आर्थिक दुवै समस्या आउन सक्छन् । यस्तो समस्यासँग कसरी जुध्ने भन्ने पहिल्यै निर्क्योल गर्नुहोस् ।
उल्लेखित माथिका विषयहरु बारे कुराकानी खुलेर गर्न सकियो भने मात्रै बिहे गर्नु उपयुक्त हुन्छ ।