×

NMB BANK
NIC ASIA

लकडाउनपछि हलमा पुरानै फिल्म, यी हुन् चल्न लागेका २ फिल्म

पुस ८, २०७७

NTC
Premier Steels

आगामी शुक्रबारबाट नेपालभरका हल सञ्चालनमा आउँदैछन् ।

Muktinath Bank

यतिबेला हल व्यवसायीहरू कसरी चलचित्र प्रदर्शन गर्ने, हलसम्म दर्शक कसरी तान्ने र नयाँ चलचित्र प्रदर्शनका लागि निर्मातालाई कसरी मनाउने लगायत विभिन्न विषयमा हल व्यवसायी छलफलमा जुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक हप्ताअघि मात्रै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले लोकान्तरसँग केही दिनमै हल खुलाउने विषयमा सरकारले निर्णय गर्न लागेको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

उनले हल व्यवसायीहरूको पक्षमा निर्णय हुन लागेकाले चिन्तित नहुन समेत आग्रह गरेका थिए । 

Vianet communication

तथापि, अहिलेसम्म सरकारका तर्फबाट हल खोल्ने विषयमा कुनै टुंगो लागेको छैन । सोही कारण चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरिसकेको छ ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउन थालिएको छ । यी दुवैै चलचित्र लकडाउन शुरू हुन लागेका बेला हलमा प्रदर्शन भइरहेका थिए ।

समीक्षात्मक रुपमा आमाले राम्रो प्रशंसा पाए पनि यी दुवै चलचित्रले सोचेजस्तो आम्दानी भने गर्न सकेका थिएनन् । संघका अध्यक्ष प्रधानले आमा र सेन्टी भाइरस चलाउने विषयमा आफूहरूले तयारी गरेपनि पूर्ण फाइनल भने भइनसकेको प्रतिक्रिया दिए ।

कतिपयले चलचित्र प्रेम गीत ३, म यस्तो गीत गाउँछु २ लगायतका केही ठूला मूभी प्रदर्शन गर्नुपर्छ समेत भनेका छन् । तर, यी चलचित्रका निर्माताले भने लगानी उठ्ने सम्भावना नभएसम्म हलमा चलचित्र लगाउँछन् भन्ने कुरामा विश्वस्त हुन सकिन्न ।

नेपालमा ९ महिनादेखि चलचित्र हल पूर्ण रूपमा बन्द छन्, जसले करोडौं रकम हल व्यवसायीले घाटा बेहोर्नुपरेको छ । 

त्यसो त हलमा अहिल्यै दर्शक खचाखच भरिन्छन् भन्ने विषयमा चलचित्र निर्माता, हल व्यवसायी, वितरक तथा कलाकार कोही पनि विश्वस्त छैनन् ।

तथापि हल व्यवसायीले चलचित्र उद्योगलाई चलायमान बनाउनका लागि यो निर्णय अत्यावश्यक भएको बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x