×

NIC ASIA

कोरोनाले घटायो डिजेल र पेट्रोलको आयात, बच्यो २० अर्ब ४५ करोड

पुस १२, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोना महामारीका कारण पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको छ । 

Muktinath Bank

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुलुकमा पेट्रोल तथा डिजेलको आयातमा गिरावट आएको भन्सार विभागले जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वभर निम्तिएको कोरोना महामारीलाई रोकथाम तथा न्यूनीकरणका लागि मुलुकमा गत वर्ष २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो । नयाँ आर्थिक वर्ष २०७७/०७८ को शुरूमा पनि लकडाउन खुलिसकेको थिएन । 


Advertisment
Nabil box
Kumari

काठमाडौं उपत्यकामा पुस ३ गतेसम्म सवारी साधनमा जोरबिजोर प्रणाली लगाइएको थियो । 

Vianet communication

नयाँ आर्थिक वर्ष शुरू भएसँगै ५ महिनासम्ममा कुनै न कुनै किसिमको निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको आयातमा कमी आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले लोकान्तरलाई बताए । 

उनका अनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा सरदर ३० हजार किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै डिजेल सरदर ९५ हजार किलोलिटर आयात भएको छ । 

कोरोना महामारीका कारण सबै क्षेत्र ठप्प हुँदा पेट्रोल तथा डिजेलको खपत कम भएको उनको भनाइ छ । 

लोकान्तरसँग उनले भने, ‘कोभिडका कारण सबै क्षेत्र ठप्प थियो, त्यसकारण गत वर्षभन्दा अहिले कम आयात भएको देखिन्छ ।’

कस्तो छ आयातको अवस्था ? 

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा मुलुकमा २ लाख २७ हजार ९ सय ४७ किलोलिटर पेट्रोल आयात भएको छ । 

गत आर्थिक वर्षको सोही समयमा मुलुकमा २ लाख ६१ हजार ४ सय ५ किलोलिटर पेट्रोल आयात भएको थियो । 

विभागका अनुसार चालू आवको पहिलो ५ महिनामा डिजेल आयातमा पनि गिरावट आएको छ । 

सो अवधिमा ५ लाख ६४ हजार ६ सय ८५ किलोलिटर डिजेल आयात भएको विभागले जनाएको छ । 

यद्यपि अघिल्लो वर्षको सोही समयावधिमा ५ लाख ९३ हजार ४३ किलोलिटर डिजेल आयात भएको थियो । 

पेट्रोलियम पदार्थको आयातमा कमी आएसँगै पेट्रोल तथा डिजेलको आयातमा मात्रै पहिलो ५ महिनामा राज्यको २० अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम बचत भएको छ । ​

५ महिनामा बाहिरियो ३३ अर्ब ६२ करोड 

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुलुकबाट पेट्रोल तथा डिजेलको आयातमा ३३ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ । 

सो अवधिमा २३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम डिजेल आयातमा बाहिरिएको छ । 

अघिल्लो आवको सोही समयसम्ममा डिजेल आयातमा ३८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको थियो । 

समीक्षा अवधिमा डिजेल आयातमा गिरावट आउँदा राज्यको १५ अर्ब ६ करोड रुपैयाँभन्दा बढी बजेट बचत भएको छ । 

यता पेट्रोल आयातमा कमी हुँदा राज्यलाई ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी बचत भएको छ । 

चालू आवको मंसिरसम्ममा मुलुकमा १० अर्ब १९ करोड ६ लाख रुपैयाँभन्दा बढीको पेट्रोल आयात भएको भन्सार विभागले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा मुलुकमा १५ अर्ब ५७ करोड ४४ लाख रुपैयाँभन्दा बढीको पेट्रोल आयात भएको थियो ।

कस्तो छ राजस्व संकलनको अवस्था ? 

भन्सार विभागका अनुसार, चालू आवको मंसिरसम्ममा पेट्रोल तथा डिजेलको आयातबाट २६ अर्ब ६७ करोड ७१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । 

अघिल्लो आवको सोही समयमा १७ अर्ब ९७ करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

चालू आवको मंसिरसम्ममा पेट्रोल आयातमार्फत १० अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आवको सोही समयावधिमा ८ अर्ब १२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो । 

यस्तै चालू आवको मंसिरसम्ममा डिजेल आयातमार्फत १६ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

अघिल्लो आवको सोही समयमा डिजेलको आयातमार्फत सरकारले ९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

वार्षिक बाहिरिन्छ २ खर्ब 

मुलुकभर पेट्रोल तथा डिजेल आयातबाट वार्षिक २ खर्ब रुपैयाँ बाहिरिरहेको आयल निगमका प्रवक्ता उपाध्याय बताउँछन् । 

सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने भनेपनि कार्यान्वयनमा त्यस्तो हुन नसक्दा दैनिक रूपमा पेट्रोलियम पदार्थको माग बढिरहेको उनको भनाइ छ । 

उनले भने, ‘वार्षिक २ खर्ब रुपैयाँ पेट्रोलियम पदार्थको खपतमा बाहिरिन्छ, विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर प्रयोगमा ल्याउन सके यो रकम विस्तारै घटाउँदै लैजान सकिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x