०७ साउन २०८३, बिहीबार

उल्फम्यान बनेर मानिसलाई डराउन खोज्दा प्रहरीको फन्दामा

पुस २०, २०७७
उल्फम्यान बनेर मानिसलाई डराउन खोज्दा प्रहरीको फन्दामा

पाकिस्तानमा अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्या अर्थात ३१ डिसेम्बर जब मानिसहरु खुसीयाली मनाइरहका थिए ।

त्यसैबेला एक्कासी उल्फम्यान देखेपछि मानिसहरु त्रसित भए । आधा ब्वाँसो र आधा मानिसको शरीर भएको राक्षस देखेपछि नयाँ वर्षको खुसीयाली मनाउन जम्मा भएका मानिसहरु तिरवितर भए । 

उसको भयानक मुखौटो देखेर मानिसहरु भ्रमित भएका थिए । केही समयमा नै उसको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । 

स्थानीय अखबारका अनुसार प्रहरीले उल्फको मास्क लगाएका आरोपीलाई पक्राउ गरेको छ । मानिसहरुलाई त्रसित गरेको आरोपमा पाकिस्तान प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उल्फमास्क लगाएर मानिसहरुलाई त्रसित बनाउने पाकिस्तानको पेशावरमा रहने स्थानीय हुन् । एक रिपोर्ट अनुसार प्रहरीले आरोपीको पहिचान पेशावरका असद खानको रुपमा गरेको छ ।

कथित तौरमा उनले मोटरसाइलक चलाउँदै उल्फ मास्कद्वारा खुसीयाली मनाइरहेका मानिसहरुमाझ डर पैदा गरेका थिए । 

कमेन्ट गर्नुहोस्