११ साउन २०८३, सोमबार

प्रेमिकाले अर्की युवतीसँग आपत्तिजनक अवस्थामा देखेपछि आठौं तलाबाट खसालेर हत्या

पुस २१, २०७७
प्रेमिकाले अर्की युवतीसँग आपत्तिजनक अवस्थामा देखेपछि आठौं तलाबाट खसालेर हत्या

नयाँ वर्षको खुशीयालीबीच दिल्लीमा एक हरकोहीको मनमा भय सिर्जना गर्ने घटना भएको सार्वजनिक भएको छ ।

जहाँ एक प्रेमीले १९ वर्षकी आफ्नी प्रेमिकाको निर्मम तरिकाले हत्या गरेका छन् । 

प्रहरीका अनुसार यो घटना ट्रायङगलसँग जोडिएको छ । मृतकका प्रेमी र उनकी साथीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पीडित जान्हवी कुकरेजा ३१ डिसेम्बरको राति आफ्नो प्रेमी जोगधन्करका साथ नयाँ वर्षको खुशीयाली मनाउन गएकी थिइन् ।

पछि जान्हवीको शव रहस्यमय तरिकाले अलपत्र अवस्थामा भेटिएको थियो । 

यद्यपि प्रहरीले हत्याको रहस्य भने पत्ता लगाएको छ । जसलाई सुनेर सबै आश्चर्यचकित परेका छन् ।​जाेगधन्करले आफ्नो घरको छतमा पार्टी राखेका थिए ।

जब जान्हवी त्यहाँ पुगिन् तब उनका प्रेमी आफ्नै साथीको साथमा पानीको हिलट्यांकी नजिकै आपत्तिजनक अवस्थामा भेटिएका थिए । 

आफूमाथि धोका भएको भन्दै प्रेमीसँग जान्हवीले धेरै लामो समयसम्म बहस गरिन् ।

त्यसपछि यस घटनालाई लुकाउनका लागि प्रेमी जोगधन्कर र साथी दिया दुवै जना मिलेर आठौं तलाबाट जान्हवीलाई खसालिदिए । 
 

salt training

कमेन्ट गर्नुहोस्