कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
पुस २१, २०७७
कोरोनाभाइरसको उत्परिवर्तन अर्थात् म्युटेसन छिटोछिटो भइरहेको छ । यसै क्रममा अफ्रिकामा हिजोमात्र अर्को नयाँ प्रजातिको कोरोनाभाइरस पत्ता लागेको छ ।
अफ्रिकाको नयाँ प्रजाति 501.V2 २-३ पटक म्युटेसन भइसकेको, एकदम छिटो फैलिने, उच्च भाइरल लोड भएको तथा युवा तथा वयस्कलाई गम्भीर असर गर्ने तथा छिटोछिटो म्युटेसन हुने प्रकृतिको भएको हुँदा एन्टिबडीको प्रभावकारितालाई द्रुतगतिमा घटाउने आंकलन गरिएको छ ।
भाइरसको खतरनाक प्रजाति अफ्रिकामा देखिएको बेलायतका स्वास्थ्य सचिव ह्यानककले हिजो सोमबार बताएका छन् । उनका अनुसार बेलायतको भन्दा अफ्रिकाको प्रजाति धेरै खतरनाक छ । उनले अफ्रिकाबाट हुने उडान बन्द गर्नुपर्ने कुरा हिजो सोमबार बिबिसी रेडियोमा भनेका छन् ।
अफ्रिकाको नयाँ प्रजातिलाई हाल विकास भएको कोरोना खोपले काम गर्न नसक्ने बताइएको छ । यसरी कोरोना भाइरस म्युटेसन हुँदै जाने हो भने भविष्यमा खोपले काम नगर्ने वा छोटोछोटो समयमा खोप लगाइरहनु पर्ने हुनसक्छ । यसले गर्दा खोपमा ठूलो धनराशी खर्च गरिरहनुपर्ने हुन्छ । वैज्ञानिकहरूले बताएका छन् कि दक्षिण अफ्रिकामा म्युटेसन भएको प्रजाति अन्य प्रजातिभन्दा यसकारण फरक छ, यो प्रजातिको स्पाइक प्रोटिनमा पटकपटक म्युटेसन भएर मानव कोषमा सजिलै प्रवेश गर्नसक्छ ।
यो प्रजातिको भाइरल लोड उच्च भएको हुँदा एकदम छिटो फैलिने आशंका गरिएको छ । अफ्रिकामा देखिएको नयाँ प्रजाति बेलायत लगायत अन्य देशहरूमा पुगेको बताइएको छ ।
विज्ञहरूले आकस्मिक रूपमा यसको अध्ययन शुरू गरेका छन् । दक्षिण अफ्रिकाको नयाँ भाइरसलाई 501.V2 नाम दिइएको छ । यसको अर्को प्रजातिको नाम E484K दिइएको छ । अहिले यो प्रजातिको भाइरस केप टाउनको पूर्वी र पश्चिमीक्षेत्रमा फैलिएको छ । बेलायत, अष्ट्रिया, नर्वे र जापानमा पनि यो नयाँ प्रजाति देखिएको छ ।
हाल बेलायतले दक्षिण अफ्रिकासँग हवाइसम्पर्क विच्छेद गरेको छ । शंकास्पद व्यक्तिलाई क्वारेन्टीनमा राखिएको छ । युनिभर्सिटी अफ अक्सफोर्डअन्तर्गत मेडिसिनका प्रोफेसर, जो सरकारी खोपको टास्क फोर्समा काम गरिरहेका छन्, उनले भनेका छन् कि हाल विकास भएको खोपले बेलायतको नयाँ प्रजातिलाई काम गर्न सक्छ तर अफ्रिकाको नयाँ प्रजातिलाई काम गर्छ कि गर्दैन भन्ने ठूलो प्रश्न चिह्न छ ।
उनले टाइम्स रेडियोमा भनेका छन्, वर्तमान खोपले अफ्रिकाको नयाँ प्रजातिलाई काम गर्दैन । खोप लगाएपनि प्रत्येक महिना वा ६ \ ६ महिनामा लगाउनुपर्ने हुनसक्छ । यो प्रजातिको भाइरस केन्याको नैरोबी र नाइजेरियामा पनि देखिएको छ त्यस्तै बेलायत, फिनल्याण्ड, स्विट्जरल्यान्ड, जापान र अस्ट्रेलियामा देखिएको छ ।
त्यस्तै नाइजेरियामा अर्को प्रजातिको भाइरस पत्ता लागेको अफ्रिका सीडीसीले बताएको छ । यो नयाँ प्रजातिको कोरोना भाइरस अगस्त ३ र अक्टोबर ९ गते नाइजेरियाको ओसुन स्टेटमा लिइएको नमूनामा देखिएको असोसिएट प्रेसले लेखेको छ । नाइजेरियामा यो प्रजातिको नाम P681H दिइएको छ ।
अफ्रिकाले खोपको विकास गर्न नयाँ प्रजातिले बाधा नपार्ने भनेको छ । साउथ अफ्रिकामा गत बुधबारमात्र १४ हजार नयाँ केस देखिएका थिए भने ४०० जनाको मृत्यु भएको थियो । अफ्रिकामा भएका नयाँ संक्रमणमध्ये ८० – ९० % नयाँ प्रजातिको देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बेलायत र साउथ अफ्रिकामा म्युटेसन भएका प्रजाति फरक–फरक हुन् । नयाँ प्रजातिमध्ये बेलायतको प्रजातिलाई हाल विकास भएका खोपले काम गर्ने तर नाइजेरिया र दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रजातिलाई काम गर्ने / नगर्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने जनाइएको छ ।
कोरोना भाइरसको यो म्युटेसनले पहिले संक्रमित भएका व्यक्तिको एन्टीबडीले काम गर्न नसक्ने तथा खोपलाई पनि छिटोछिटो ताजगी गरिरहनुपर्ने कुरा वैज्ञानिकहरूको चिन्ताको विषय बनेको छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...