२७ जेठ २०८३, बुधबार

उठ्दैछ धरहरा : २० औं तलाको ढलान सकियो, समयमै काम सक्न भने चुनौती [भिडियो रिपोर्ट]

२०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणको काम धमाधम भइरहेको छ । हालसम्म धरहराको २० औं तलाको ढलान कार्य सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यसअघि ९ तला रहेको धरहरा पुन:निर्माणबाट २२ तले बनाउन लागिएको हो । धरहराको पुनःनिर्माण अत्याधुनिक र भूकम्प प्रतिरोधक रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजु मानन्धरले जानकारी दिए ।
हालसम्म अन्डरग्राउण्ड र पार्किङको काम ५० प्रतिशत सम्पन्न भएको छ भने धरहरा टावरको स्ट्रक्चरको काम ९८ प्रतिशत सकिएको मानन्धर बताउँछन् ।

धरहरा निर्माणका लागि अब तोकिएको समयावधि अब ६ महिनामात्रै बाँकी रहेको छ । सो अवधिम काम सक्न भने चुनौति रहेको उनी बताउँछन् । निर्माण पक्षले व्यवस्थित ढंगले काम गरेमा मात्रै सो समयमा काम हुन सक्ने उनी बताउँछन् ।

धरहरा पुनःनिर्माणको पछिल्लो अवस्थाबारे लोकान्तरको भिडियो रिपोर्ट हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्